• Friday, June 13, 2025

पोखराको लेकसाइडमा सुरु भयो नव वर्ष महोत्सव


फडिन्द्र अधिकारी / लेखनाथ, चैत ३० गते। पर्यटन राजधानी पोखराको लेकसाइडमा शनिबारबाट २० औं फेवा नव वर्ष महोत्सव सुरु भएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार आयोजित सभामा महोत्सव उद्घाटन गर्नुभयो।

होटल सङ्घ पोखरा नेपालले आयोजना गरेको महोत्सव वैशाख १ गतेसम्म चल्नेछ। महानगर प्रमुख आचार्यले पोखरा प्रकृति, संस्कृति र सहासिक गतिविधिको केन्द्र भएको उल्लेख गर्नुभयो। “यस्तो पृथक र विशिष्ट अवस्था पर्यटकलाई अनुभूति दिने काम पर्यटन व्यवसायीको हो,” उहाँले भन्नुभयो, “स्थानीय सरकार यहाँहरुसँग सहकार्य गर्दै अघि बढ्न तयार छ।’’

प्रमुख आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेपछि पर्यटनमा क्षेत्रमा यसको उल्लेख्य प्रभाव देखिएको बताउनुभयो। उहाँले पोखराको यातायात क्षेत्र सुधार्न र प्रविधिमैत्री बनाउने दिशामा काम भइरहेको उल्लेख गर्नुभयो।

पोखरा भ्रमण वर्ष २०२५ को अनेक कार्यक्रम सञ्चालन हुने जनाउँदै उहाँले नयाँ विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान थपिँदै जाने विश्वास व्यक्त गर्नुभयो। पोखरामा जलन अस्पताल निर्माणका लागि पहल थालिएको उहाँको भनाइ छ। पोखरा भ्रमण वर्ष घोषणा सभामा भएको बेलुन विष्फोटबाट जलन पीडित बन्नुएका प्रमुख आचार्यले भन्नुभयो, “कोरियाली सहयोगमा अस्पतालको प्रारम्भिक कामअघि बढिसकेको छ।”

महोत्सवमा यस पटक भक्तपुरको बिस्केट जात्रा नयाँ आकर्षण हो। पञ्चेबाजा, भजन, रत्यौली जस्ता नेपाली मौलिक बाजा र नाच महोत्सव पनि हुँदै छन्। महोत्सवमा होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट दिने घोषणा गरेका छन्। आयोजक सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवले पोखराको आर्थिक क्षेत्र चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा होटल संघ नेपाल अध्यक्ष विनायक शाह, होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुली, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले बोल्नुभएको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter