• Saturday, June 14, 2025

कर्णालीमा अर्काे अर्धजलाशययूक्त जलविद्युत आयोजनाको अध्ययन


रजनी योगी / सुर्खेत, चैत ३१ गते । जुम्ला जिल्लामा ७० मेघावाटको जलविद्युत् आयोजना बन्ने तयारिमा छ । जिल्लाको तिला नदीमा ७०.३७ मेघावाटको विद्युत् आयोजनाका लागि प्रि–फिजिविलीटी अध्ययनको काम थालिएको छ ।

अहिले अध्ययनको काम धमाधम भइरहेको छ । अध्ययनको काम नेपाल विद्युत् प्राधिकरण इन्जिनियरिङ सेवा निर्देशनालयले गरिरहेको छ । सरकारी तवरबाट यो आयोजना सञ्चालनको तयारी गरिएको हो । नेपाल विद्युत् प्राधिकरण जवा तिला अर्धजलाशययुक्त जलविद्युत् आयोजना, नेपाल विद्युत् प्राधिकरण, इन्जिनियरिङ सेवा निर्देशनालय वातावरण तथा सामाजिक अध्ययन विभाग लाजिम्पाट काठमाडौँले जारी गरेको सूचनामा ७०.३७ मेघावाटको वातावरणीय प्रभाव मूल्यांकन निर्धारणसम्बन्धी सार्वजनिक सूचनाको प्रस्ताव गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण इन्जिनियरिङ सेवा निर्देशनालय वातावरण तथा सामाजिक अध्ययन विभागका अनुसार जवा तिला अर्धजलाशययूक्त जलविद्युत आयोजना (७०.३७ मेघावाट) जुम्ला जिल्ला तथा कालीकोट जिल्ला हुँदै बहने तिला नदीमा प्रस्ताव गरिएको छ । आयोजनाले ऊर्जाको माग उच्च रहेको बेलामा समेत पिकिङ्ग रन अफ दि एयरको रूपमा दैनिक ६ घण्टा विद्युत् उत्पादन गर्नेगरी निर्माण गरिनेछ । सामाजिक अध्ययन विभागका अनुसार यो विद्युत जुम्ला जिल्लाको तिला गाउँपालिका रारालिहीको पद्दुखोला स्थानमा १८ मिटर अग्लो तथा ५७.५० मिटर लामो बाध निर्माण गरिने छ ।

बाधबाट ६.४२३ किमी लामो सुरुङमार्फत पानी नाग्ममा रहेको विद्युत् गृहमा खसाइने छ । नेपाल विद्युत् प्राधिकरणका निर्देशक नसिबमान प्रधानले प्रि–फिजिविलिटी अध्ययनको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार जुुम्लालाई केन्द्र बनाएर अगाडि बढाउन लागिएको छ । अब यो आयोजना अगाडि बढाउन वातावरण प्रभाव मूल्याङ्कनपछि डिजाइन स्टमेट तयार गरि स्रोत सुनिश्चितालगायत विभिन्न चरणमा काम गरेर अगाडि बढाउने लक्ष्य रहेको छ ।

जुम्लामा निर्माण भइरहेको विद्युत् प्राधिकरण सब स्टेसनले पनि विद्युत् प्रवाहमा गुणस्तरता कायम गर्ने तथा यो परियोजना अगाडि बढेमा राज्यलाई नै फाइदा हुनेगरी अगाडि बढाउन लागिएको हो । माओवादीका नेता तथा पूर्वमन्त्री नरेश भण्डारीले जुम्लामा निर्माण हुने ठुलो जलविद्युत् आयोजनाले प्रदेशलाई नै फाइदा पुग्ने बताउनुभयो । उहाँका अनुसार लामो पहलपछि आयोजनाको कामले पूर्णता पाएको छ ।

उत्पादनशील र उज्यालो जुम्लाको अभियनमा जुटेको बताउँदै आयोजनाको प्रि–फिजिविलिटी अध्ययन, लाइसेन्स प्राप्तिको विषय हुँदै वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी क्षेत्र निर्धारणका लागि लिखित माग गरिने समेत उहाँले बताउनुभयो । जलविद्युत् सम्भावनाको खानी जुम्लामा पहिलो पटक ठुलो आयोजना सञ्चालन गर्न लागिएको भण्डारीको भनाइ छ ।

धेरै आयोजना अध्ययनकै चरणमा

कर्णालीका धेरै जलविद्युत् आयोजना अध्ययनकै चरणमा छन् । कमैले मात्र विद्युत् विकास विभागबाट उत्पादन अनुमति लिएका छन् । कर्णालीलाई परीक्षणको रूपमा मात्र हेरिएको छ । अहिलेसम्म ठुलो आयोजना सञ्चालनमा छैनन् । लगानीमैत्री वातावरण नहुनु, धेरै आर्थिक लाभ लिन नसक्नुले पनि आयोजना निर्माणमा लगानी कर्ताले चासो दिएका छैनन् । अझभन्दा त वर्षाैंदेखि आयोजना निर्माणका नाममा नदी होल्ड गरेर बसेको देखिन्छ ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजना बन्ने आसमा कर्णाली नदी भारतीय कम्पनीले होल्ड गरिरहेको छ । बन्लाबन्ला भन्नेबेला फेरि आयोजनाले अर्को मोड लिने गरेको छ । यसो हेर्दा यो आयोजनाबाट आशाभन्दा निराशा बढी छ । अहिले भने केही चलायमान जस्तो देखिएको छ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सेयर दुई भारतीय कम्पनीबिच किनबेच भएको छ । जसलाई नेपालले समेत मान्यता दिएको छ ।

भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जिएमआर) ले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सेयर भारतकै सरकारी लगानीको सतलज जलविद्युत् विकास निगमलाई बेचेपछि त्यसलाई नेपालले मान्यता दिएको हो ।

संशोधिन संरचनाअनुसार अब यस आयोजनामा जिएमआरको ३४ र सतलजको ३४ प्रतिशत गरी बराबर सेयर स्वामित्व हुनेछ । यस्तै भारतीय नवीकरणीय ऊर्जा विकास संस्था (इरेडा) लिमिटेडले पाँच प्रतिशत सेयर पाउने भएको छ । उसले यस आयोजनामा वित्तीय लगानी गर्ने समझदारी पनि बनेको छ । यी तीन वटा भारतीय कम्पनीबिच गत भदौ २४ गते नै यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter