• Thursday, May 22, 2025

नयाँ वर्ष २०८२ को अवसरमा पूर्वराजाको सन्देश: ‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग’ अभियान चलाउनुपर्छ


काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले ‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग’भन्ने अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। नयाँ वर्ष २०८२ को अवसरमा आज भिडियो सन्देश जारी गर्दै शाहले नेपालले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा अर्जुन दृष्टि लगाउनु अहिलेको आवश्यकता रहेको बताएका छन्।

उनले भने,‘प्रकृतिले दिएको स्वर्गजस्तै सुन्दर हिमवतखण्ड नेपाल सिँगार्न र विकासको बिगुल फुक्न कसरी लाग्ने र लगाउने ? ‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग’ भन्ने अभियान चलाउनुपर्ने आवश्यकता भएको छ।’ उनले युवा पलायनलाई रोकेर युवा स्रोतलाई स्वदेशमा परिचालन गर्नुपर्ने उल्लेख गरे।

शाहले जनतासमक्ष राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराजको दिव्योपदेशलाई नै अबको राज्य सत्ताको मूलमन्त्र सोच्नुमा के होला ? भन्दै प्रश्न गरेका छन्। ‘राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराजको दिव्योपदेशलाई नै अबको राज्य सत्ताको मूलमन्त्र सोच्नुमा के होला ?’ उनले भने, ‘सन्तुलित, कुटनैतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूल सार हो। यही नै राजनीतिको मूलधार हुनुपर्ने हो।’

मुलुकको शासकीय संरचना नै परिवर्तन गर्नुपर्ने पूर्व राजा शाहको भनाई छ। उनले भने,‘जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने तथ्य स्पष्ट देखिन्छ।’

शाहले शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने धारणा राखे। शाहले युग प्रविधिको भएकाले सावधानीपूर्वक उपयोग गर्दा राष्ट्रलाई फाइदा हुने उल्लेख गरे। उनले सुशासन र भ्रष्टाचारमुक्त प्रशासन मूल नारा हुनुपर्ने धारणा राखे।

विश्वको बदलिँदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारलाई चुनौतीको रुपमा लिएर अगाडि बढ्नुपर्ने उनको भनाई छ। ‘मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यै योगदान पुर्‍याउँदै आएको विदितै छ। राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहि आएको छ।’ शाहले भने,‘वर्तमानमा बदलिँदो जनचाहनाको पनि कदर गरी राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने मञ्जुरी सदैव स्थापित हुनुपर्छ।’

उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर जागरुपता पैदा हुनुलाई सकारात्मक रहेको भएको बताए। उनले वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहले बताए। उनले भने, ‘नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद हुँदैन। वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ राम्रो/नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ।’ शाहले नेपाली जनतामा देशभक्ति भावना विश्वमै अनुकरणीय रहेको दाबी गरे।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter