• Tuesday, June 10, 2025

पर्यटन प्रर्वधन गर्न कन्याममा रमाउँदै विभिन्न देशका राजदुत


प्रेम अधिकारी / इलाम, चैत ३१ गते । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न देशका राजदुत इलामको सूर्योदय नगरपालिका आउनु भएको छ । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्तर्गत १५ देशका राजदुत सूर्योदय नगरपालिकामा आउनु भएको हो ।

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी, राजदुत सहित ४५ जना बढी उच्च तहका पदाधिकारी आइतबार कन्याम आइपुग्नु भएको हो ।

उहाँहरुलाई नगरपालिकाले कन्याममा स्वागत गर्दै अन्तु लगेको छ । कन्याममा परराष्ट्र मन्त्री डा. राणा सहितका राजदुतलाई पंञ्चे बाजासहित स्वागत गरिएको थियो । उक्त अवसरमा कन्याममा विभिन्न जातजातीको भेषभूषामा सजाएर कन्यामको लभडाँडासम्म घोडामा यात्रा गराइएको थियो । जातीय पोषाकमा सजिएर राजदुतले कन्यामको परिक्रमा गर्नुभयो । कन्यामको स्वागतपछि उहाँहरुलाई आइतबार अन्तुमा बसोबासको व्यवस्था गरिएको छ ।

मन्त्रालयले वार्षिक रुपमा बिभिन्न देशका नेपालमा रहनु भएका राजदुतलाई नयाँ बर्षको अवसरमा नयाँ पर्यटकीय गन्तब्यमा भ्रमण गरायने कार्यक्रम अनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तुमा र कन्याममा कार्यक्रम तय भएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो ।

नयाँ बर्ष २०८२ को अवसरमा अन्तुमा सूर्योदयको दृश्यावलोकन गराइने कार्यक्रम छ । राई, लाप्चा र नेवारी नृत्यसहित साकेला नाच, झाक्री नाचले स्वागत गर्दै अन्तुमा चिया टिपाइको अनुभव गराउने, अन्तु पोखरीमा फिसिङ (माछा मार्ने) चिज टेष्टिङर अलैँची टेष्टिङ गराउने र इलाममा उत्पादन भएको चियाका भिन्नि जातको परीक्षण गराउने कार्यक्रम छ ।

कार्यक्रममा इजिप्ट, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीटजल्याण्ड, थाइल्याण्ड, अष्टे«लिया, फ्रान्स रिपब्लिक, इजरायल, जापान, मलेसिया, श्रीलंका, बंगलादेश र इसीमोडका राजदुत आउने कार्यक्रम तय भइसकेको नगरका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले जानकारी दिनुभयो ।

स्वदेशी तथा विदेशी पर्यटकको बाह्रै महिना भिड लाग्ने अन्तु र कन्याममा राजदुतको भ्रमणले थप प्रचारमा सहयोग पुग्ने नगर प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो । राजदुतको उक्त भ्रमण अनौपचारिक भएको नगरपालिकाले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter