• Sunday, June 15, 2025

सामुदायिक रेडियो ‘सिंजा’ को परीक्षण प्रसारण सुरु

जुम्ला, १५ असोज । नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजाबाट सामुदायिक रेडियो सिंजाले एफएम ९२.८ मेगार्हजबाट परीक्षण प्रसारण सुरु गरेको छ ।
सिंजा क्षेत्रको नराकोट गाविसको वडा नं. २ मा स्थापित यो रेडियोले बिहीबारदेखि परीक्षण प्रसारण सुरु गरेको हो । अहिलेसम्म रेडियो नेपाल बाहेक अन्य कुनै प्रकारको सञ्चार माध्यमको पहुँच नभएको यो क्षेत्रमा रेडियो सेवा सुरु भएपछि विकासको एक नयाँ आयाम थपिएको छ ।
ग्रामीण जनतालाई सूचनाको पहुँचमा ल्याउन रेडियोको स्थापना गरेर प्रसारण गर्न सुरु गरिएको रेडियोका बोर्ड सदस्य डिल्ली प्रसाद तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार जुम्ला जिल्लामा यस अघि दुईवटा रेडियो स्थापना भएपनि ऐतिहासिक सभ्यता बोकेको सिंजामा सूचनाको पहुँच पुगेको थिएन । अहिले ११ वटा गाविसलाई केन्द्रित गरेर रेडियोको स्थापना गरिएको हो । यो रेडियोले बिहीबार दिउँसो १ बजेदेखि परीक्षण प्रसारण सुुरु गरेको हो ।
रेडियो स्थापनाका लागि सिंजा क्षेत्रका ११ गाविसबाट करिब रु ८ लाख ५० हजार, जिल्ला विकास समिति जुम्लाबाट रु १ लाख, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबाट रु ३ लाख र बाँकी ऋण सहयोग गरी जम्मा २४ लाख रुपैयाँको लागतमा रेडियो सञ्चालन गरिएको हो ।
परीक्षण प्रसारणको प्रारम्भमा जुम्ला सिंजा क्षेत्र सहितका १४, कालिकोट जिल्लाका ३ र मुगु खतेड भेकका ४ वटा गाविसबाट आवाज सुनिएको प्रतिक्रियाहरु प्राप्त भएको जनाइएको छ । दुईसय ५० वाट क्षमताको यो एफएमले ग्रामीण वस्तीका आवाजहरु राष्ट्रको सूचनाको मूल प्रवाहमा लैजाने र मुलुकभरका खबरहरुमा ग्रामीण जनताको पहुँच कायम गराउने लक्ष्य लिएको छ । यसका साथै रेडियोले ऐतिहासिक सिंजा क्षेत्रको भाषा, संस्कृति तथा सभ्यताको जगेर्ना र विकास तथा सुशासन प्रवद्र्धन ठूलो भुमिका खेल्ने अपेक्षा राखिएको छ ।
जुम्लामा सिंजा रेडियोसँगै अब ३ वटा रेडियोले सेवा दिने भएका छन् । यहाँ रेडियो कर्णाली एफएम १०५.२ मेगाहर्ज र रेडियो नारी आवाज १००.६ मेगाहर्ज सञ्चालनमा छन् । अहिले रेडियो सिंजाले बिहान र बेलुका गरी १० घण्टासम्म परीक्षण प्रसारण गर्ने बताइएको छ । गाउँमा रेडियो सिंजाबाट आवाजहरु घन्किन थालेपछि स्थानीय जनतामा रेडियो सुन्ने उत्सुक जागेको सिंजा बड्की गाविसका शिक्षक खम्बा शाहीले जानकारी दिनुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter