• Sunday, June 15, 2025

चारसय एक्काइस जनालाई अपाङ्ग परिचय पत्र वितरण

people with disabilities

इलाम, ३० असोज । महिला बालबालिका कार्यालय, इलामले गत आव २०७१÷७२ मा ४२१ जनालाई अपाङ्ग परिचय पत्र वितरण गरेको छ ।

कार्यालयले पूर्णअशक्त २१ महिला र ३१ पुरूषलाई रातो कार्ड, अतिअशक्त ५० महिला र ८५ पुरूषलाई नीलो कार्ड, मध्यम अपाङ्ग ५१ महिला र ७७ पुरूषलाई पहँेलो कार्ड र सामान्य अपाङ्ग ५२ महिला र ३४ पुरूषलाई सेतो कार्ड वितरण गरेको कार्यालय प्रमुख स्कीम श्रेष्ठले जानकारी दिनुभयो ।

सबै काममा अरूकै भरपर्ने विशेष गरी तीव्र वौद्धिक अपाङ्गता, शारीरिक रूपमा हातखुट्टाले काम गर्न नसक्नेलाई पूर्णअशक्तको सूचीमा राखेर रातो कार्ड दिइन्छ । पूर्ण अपाङ्गले सरकारबाट मासिक रू एक हजार र अति तथा आंशिक अपाङ्गले रू तीन सयका दरले भत्ता पाउँछन् ।

कार्यालयबाट हालसम्ममा दुई हजार ९१० जनालाई अपाङ्ग परिचय पत्र वितरण गरिसकेको छ । विसं २०६८ को जनगणनाअनुसार इलाममा अझैपनि पाँच हजार जना अपाङ्गता भएका व्यक्ति परिचय पत्र लिनबाट वञ्चित भएको राष्ट्रिय अपाङ्ग महासङ्घ जिल्ला शाखा इलामले जनाएको छ ।

जुनसुकै प्रकारका अपाङ्गता भएका व्यक्तिले पनि रातो परिचय पत्र लिन खोज्नु, अपाङ्गता भएका व्यक्ति परिचय पत्रका लागि सम्बन्धित निकायसम्म नआउनुजस्ता कारणले धेरै जना परिचय पत्र लिनबाट वञ्चित भएका हुन् ।

कार्यालयसम्म आउन नसक्ने अशक्तहरूलाई गाउँ–गाउँमा सञ्चालित घुम्ती शिविरमार्फत परिचय पत्र वितरण गरिएको थियो । गतवर्ष जिल्लाका महमाई, घुर्विसे पञ्चमी, माइमझुवा, श्रीअन्तुलगायतका जिल्लाका विभिन्न स्थानमा घुम्ती शिविरमार्फत परिचय पत्र वितरण गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter