• Monday, June 16, 2025

कर्तव्यप्रति समर्पित रहन नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

KP Oli POlice Dayकाठमाडौँ, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले देश, जनता र मानव जातिप्रति समर्पित, कानुनद्वारा निर्देशित, कर्तव्यबाट अभिप्रेरित सङ्गठनको रुपमा नेपाल प्रहरी रहेको बताउनुभएको छ ।

साठीऔँ प्रहरी दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उहाँले राजनीतिक हस्तक्षेपबाट मुक्त, कर्तव्य र कानुनका उद्देश्यद्वारा निर्देशित र सञ्चालित सङ्गठनको रुपमा थप सुदृढ र विस्तार गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “आफ्ना कर्तव्य, देश, जनता, मानव जातिप्रतिको निष्ठा कानुनको परिधिमा बिना बाह्य हस्तक्षेप, समर्पित भएर स्वतन्त्र ढङ्गले अत्यन्तै जिम्मेवारीका साथ भेदभाव र पक्षपात नगरी, कुनै पनि प्रकारको भावना नलिइकन काम गर्न निर्देशन दिन चाहन्छु ।’’

कानुनी राज्य, देश जनता र कर्तव्य निष्ठाप्रति अडिग रहनु नै भनसुन र हस्तक्षेप जस्ता कुराबाट मुक्त हुने आधार तयार पार्नु हो भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल प्रहरी लैङ्गिक समानताको हिसाबले उदाहरणीय बनेको छ । यसको छवीलाई अझ चम्किलो बनाउनु आवश्यक छ ।” नेपाल प्रहरीको वृत्ति विकास, क्षमता अभिवृद्धि र साधन स्रोत उपलब्ध गराउन र प्रभावकारिता, मर्यादा र दक्षता अभिवृद्धिको निम्ति सरकारका तर्फबाट कुनै कसर बाँकी नराख्ने विश्वास प्रधानमन्त्री ओलीले दिलाउनुभयो ।

शान्ति सुरुक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र न्याय निरुपणका लागि अग्रपङ्क्तिमा रहेर प्रहरीले खेल्दै आएको भूमिका प्रसंशनीय रहेको बताउँदै प्रधानमन्त्री ओलीले देशभित्र मात्रै होइन विश्व समुदायमासमेत नेपाल प्रहरीले आफूलाई कर्तव्यपालना र अनुशासित सङ्गठनको पर्यायवाचीको रुपमा स्थापित गराएको उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नागरिक सुरक्षाको दृष्टिले प्रहरी नागरिकको पर्यायवाची बन्नुका साथै समाजको अभिन्न अङ्ग र ऐना बन्न सफल भएको छ, भन्नुभयो ।

समारोहमा यस वर्ष कैलालीको टीकापुर घटनामा अमरत्व प्राप्त गर्ने प्रहरीका परिवारजनलाई सम्मान गर्नुका साथै राज्य र प्रहरी सङ्गठनका तर्फबाट उपलब्ध गराएको रकम प्रदान गरिएको थियो । साथै विभिन्न घटनामा परी वीरगति प्राप्त गर्ने प्रहरीका परिवारलाई कदरपत्र र आर्थिक सहयोग प्रदान गरिएको थियो । यस्तै नेपाल प्रहरी श्रीमती सङ्घबाट अमर प्रहरी र वीरगति प्राप्त गर्ने प्रहरीका परिवारलाई राहत वितरण गरिएको थियो ।

समारोहमा प्रधानमन्त्री ओलीले प्रहरी प्रधान कार्यालयको हातामा रहेको प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै प्रहरीद्वारा प्रकाशित ‘प्रहरी दर्पण २०७२’ लोकापर्णण गर्नुभयो । समारोहमा ‘लाइफ टाइम अचिभमेन्ट अर्वाड २०७२’ पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अनन्तराम भट्टराईलाई प्रदान गरिएको थियो । स्थानीय तहसम्म उपस्थिति रहेको नेपाल प्रहरीको हाल ६७ हजार जनशक्ति रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter