• Sunday, June 15, 2025

दसैँका लागि घर फर्कने बढे; महोत्तरीमा भूत मेला सुरु

Dashain chahal pahalभीमदत्तनगर, १ कात्तिक । दसैँ तिहारलगायत पर्व मनाउन भारतका विभिन्न सहरमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रम बढेको छ ।

घटस्थापनाभन्दा करिब एक साताअघिदेखि पश्चिमी नाका गड्डाचौकी भएर स्वदेश फर्किने क्रम सुरु भएको थियो । अहिलेसम्म करिब २० हजारभन्दा बढी नेपाली चाडपर्व मनाउन गड्डाचौकी नाका भएर स्वदेश फर्किसकेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

“दैनिक दुई हजार ५०० देखि तीन हजारसम्म भारतबाट नेपाली फर्किरहेका छन्,” इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दले भन्नुभयो – “अहिले पनि भारतका विभिन्न स्थानमा मजदुरी गरेर फर्किने क्रम जारी छ ।”

भारतको राजधानी नयाँदिल्ली, मुम्बई, पञ्जाव, बैङ्ग्लोर, हरिद्वार, सिमला, देहरादुनलगायत सहरमा यहाँका नागरिक कामको खोजीमा जाने गर्दछन । “तीन महिनाअघि सिमलामा स्याउ टिप्न गएको थिएँ,” भारतबाट फर्किदै गरेको कञ्चनपुरको झलारीपिपलाडी नगरपालिकाका भागीराम रानाले भन्नुभयो – “अब तिहार सकेर फेरि उतै (भारत) जान्छु ।”

यसैबीच, यात्रुको चापलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पनि सीमा क्षेत्रमा सुरक्षा सर्तकता बढाएको छ । “हामीले सहायता कक्षसमेत राखेर यात्रुको गुनासो सम्बोधन गर्ने गरेका छौँ,” प्रहरी नायब निरीक्षक चन्दले भन्नुभयो – “विगतका भन्दा यो पटक लुटपाटका घटनामा कमी आएको छ ।” विगतका वर्षमा भारतबाट कमाएर घर फर्किने बेला सीमा क्षेत्रमा नेपालीलाई विभिन्न प्रकारका नशालु पदार्थ खुवाएर लुटपाट गर्ने गरिन्थ्यो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक किशोरकुमार दाहालले दसैँ तिहारमा घर फर्किने नेपालीको सीमाक्षेत्रमा सुरक्षाका लागि भारतीय सुरक्षा निकायसँग पनि आग्रह गरिएको बताउनुभयो । “हामीले धेरै पटक भारतीय सुरक्षा निकायलाई नेपालीको सुरक्षामा ध्यान दिइदिन आग्रह गरेका छौँ,” प्रहरी उपरीक्षक दाहालले भन्नुभयो – “सीमामा हाम्रो सुरक्षा निकाय पनि तैनाथ छ ।”

सुदूरपश्चिम र मध्यपश्चिमका विभिन्न जिल्लामा सर्वसाधारण चाडपर्वमा घर आउन र फुर्सदमा रोजगारका लागि भारत जान गड्डाचौकी नाकाको प्रयोग गर्दै आएका छन् ।

त्यसैगरि, महोत्तरीको सोनामाई मन्दिरमा आजदेखि ‘भूत मेला’ सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी (दसैँको पाँचौ दिन) को दिनदेखि महोत्तरीको सोनामाई गाविसमा अवस्थित प्राचीन सोनामाई भगवतीको मन्दिरको प्राङ्गणमा भूतप्रेतबाट पीडित रहेकालाई मन्त्रविधिद्वारा सो मेलामा उपचार गर्ने गरिन्छ ।

वर्षभरिमा भूतप्रेत लाग्ने जस्ता समस्याबाट पीडितहरु माताको मन्दिरमा आएर धाँमीझाक्रीबाट झारफुक गराउँदा निको हुने जनविश्वासअनुसार त्यहाँ प्रत्येक वर्ष दसैँमा निकै ठूलो मेला लाग्दै आएको छ ।

सो मेलामा महोत्तरीको विभिन्न भागको साथै सर्लाही, धनुषा, सिरहालगायत सीमावर्ती भारतीय क्षेत्रबाट पनि त्यस्ता बिरामी उपचारका लागि आउने गरेको पाइन्छ । त्यहाँ आउने बिरामीलाई धाँमीले रातभरि नै उपचार गर्ने गर्दछन् ।
एक बेग्लै आस्था बोकेको सो मन्दिरमा दसँैको पञ्चमीदेखि सुरु भई नवमी तिथिसम्म मेला रहन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter