• Monday, June 16, 2025

थोराङ पासमा आवास गृह बनेपछि पर्यटकलाई सुविधा

thorang passमुस्ताङ, १ कात्तिक । राउण्ड अन्नपूर्ण पदमार्गअन्र्तगत थोराङ पासमा अस्थायी सेल्टर (आवास गृह) निर्माण भएपछि पर्यटकलाई सहज भएको छ ।

जिल्ला विकास समिति मुस्ताङ र पर्यटन बोर्डको ४० लाख रुपैयाँको लगानीमा गत असार महिनामा सेल्टर निर्माण गरिएको हो । एक्काइस दिन लाग्ने पदमार्गको पदयात्रामा आउने अधिकाँश पदयात्रीहरु समुद्री सतहदेखि पाँच हजार चार सय मिटर उचाईमा रहेको थोराङ पास पुग्न चाहन्छन् ।

मनाङ र मुस्ताङको सिमाना पर्ने थोराङ क्षेत्रमा आवश्यकताका आधारमा दुईवटा सेल्टर निर्माण गरिएपछि यो याममा आउने पदयात्रीलाई सहज भएको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत केदारसिंह थापाले बताउनुभयो । पर्यटकलाई विश्राम, आवश्यक लत्ताकपडा र खाद्यान्न राख्न तथा प्रतिकूल मौसमको समयमा बास बस्न मिल्ने भएपछि पर्यटक उत्साहित भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – “दुई वटा आवासगृह बनेपछि अहिले पर्यटकलाई धेरै फाइदा पुगेको छ । त्यहाँ बास बस्ने पदयात्रीको बढ्दै गएका छन् ।” गतवर्षको असोज अन्तिम सातातिर भएको हिमपातले थोराङ क्षेत्रमा मात्रै विदेशी पर्यटक र नेपाली पथप्रदर्शक तथा भरिया गरी २५ जना भन्दा बढीले ज्यान गुमाएका थिए ।

आँधीको प्रभावका कारण दुईदिनसम्म लगातार हिउँ परेपछि मनाङ हुँदै आएका पर्यटकको अत्यधिक चिसोले कठङ्ग्रिएर मृत्यु भएका थिए । लामो समयदेखि सेल्टर निर्माण गर्नुपर्ने बहस चलेपनि प्रक्रिया अघि नबढ्दा गतबर्ष ठूलो मानवीय क्षति भएको थियो ।

अहिले सेल्टर बनेपछि हिमपातकै कारणले यस्तो मानवीय क्षति नहुने एक्याप जोमसोमका प्रमुख विदुर कुइँकेलले जानकारी दिनुभयो । बोर्ड तथा मन्त्रालयले पक्की घर नै बनाउन भनेर बजेट दिएको भएपनि तत्काल सम्भब नभएका कारण टिन र फलामको सहायताले अस्थायी गृह निर्माण गरिएको जिविसले जनाएको छ ।  “पर्यटकहरुले पनि ठीक ठाउँमा सेल्टर बनेको छ भनेर प्रतिक्रिया आएको छ, अझै त्यसलाई व्यवस्थित बनाउनुपर्नेछ,” प्रमुख कुइँकेलले भन्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter