• Monday, June 16, 2025

लगातार पाँचौ जितसँगै नेपाल विश्वकपमा छनोट

Nepali Cricket teamकाठमाडौंँ ५ कात्तिक । आयरल्यान्डलाई तीन विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएको छ ।

नेपालले समूह चरणको चार वटै खेलमा पनि शतप्रतिशत नजिता निकाल्न सफल भएको थियो । मलेसियाको राजधानी क्वालालम्पुरमा आज भएको अन्तिम खेलमा आयरल्यान्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । आयरल्यान्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १८४ रनको मध्यम स्कोर बनाउन सफल भयो । एक सय ८५ रनको विजयी लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको नेपाली टोलीका ओपनर ब्याट्स्म्यान सुनिल धमलाले ४७, राजु रिजालले ३५, आरिफ शेखले २१ र दीपेन्द्रसिंह ऐरीले २६ रन बनाएका थिए ।

आयरल्यान्डलाई कम स्कोरमै समेट्ने क्रममा नेपालका आरिफ शेखले तीन, ललितनारायण राजवंशीले चार तथा दिपेन्द्र ऐरीले दुई विकेट लिएका थिए । जितसँगै नेपालले अर्को वर्ष बङ्गलादेशमा अर्को वर्ष हुने यु–१९ विश्वकप खेल्नेछ । यससँगै नेपालले सातौँ पटक यु १९ विश्वकपमा छनोट हुन सफल भएको हो ।

यसअघि बुधबार भएको लिग चरणको अन्तिम खेलमा पनि नेपालले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार नेपालले जित्दा पनि आयरल्यान्डले पहिलो ब्याटिङ गर्दै नेपाल सामु १८५ रनकै लक्ष्य प्रस्तुत गरेको थियो । सो खेलमा नेपालका ओपनर जोडी सुनिल र सन्दीप सुनारले १७० रनको साझेदारी गरेपछि नेपालले लक्ष्य सहज रुपमा भेट्टाएको थियो ।

यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई नौ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युगान्डामाथि १७१ रनको फराकिलो अन्तरले जित हासिल गरेको थियो । तेस्रो खेलमा अमेरिकालाई छ विकेट तथा चौथो खेलमा आयरल्यान्डलाई आठ विकेटले नै पराजित गरेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter