• Tuesday, June 10, 2025

ज्येष्ठ नागरिकको आँखाको निःशुल्क शल्यक्रिया, उपचार केन्द्र सञ्चालनका लागि सम्झौता

elderly people Nepal

इलाम, २१ कात्तिक । इलामको फिक्कलमा ज्येष्ठ नागरिकका लागि सञ्चालित दुई दिने निःशुल्क नेत्र शल्यक्रिया शिविर सुरू भएको छ ।

हेल्प एजको सहयोगमा नेपाल नेत्र ज्योति सङ्घ इलाम, प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलको आयोजना र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरेको शिविरमा १३० जनाको शल्यक्रिया गरिने बताइएको छ ।

बरबोटेका प्रजापति कोइरालाले दाहिने आँखाको शल्यक्रियापछि नयाँ ज्योति पाएको बताउनुभयो । कात्तिक ११ गते नयाँबजार गाविसबाट सुरू गरेको छनोट शिविर बिहीबार फिक्कलमा सम्पन्न भएको थियो । छनोटमा एक हजार ५०० आँखाका रोगीले सेवा लिएका थिए । छनोट शिविरमा शल्यक्रिया गर्नुपर्ने देखिएका बिरामीलाई विराटनगर आँखा अस्पतालका चिकित्सक हिमांसु अडोरासहित नौ जनाको प्राविधिक टोलीले सेवा दिइरहेका छन् ।

विराटनगर आँखा अस्पतालका अध्यक्ष पदमनारायण चौधरीले ज्येष्ठ नागरिकको आँखाको ज्योति फर्काउन अस्पतालले सक्दो सहयोग गर्ने बताउनुभयो । सङ्घका महासचिव श्यामकुमार पोख्रेलले सेवा क्षेत्र विस्तारका लागि थप काम सुरू भइसकेको जानकारी दिनुभयो ।

यसैबीच इलाममा आँखा उपचार केन्द्र सञ्चालनका लागि विराटनगर आँखा अस्पताल र नेत्र ज्योति सङ्घ इलामबीच हिजो सम्झौता भएको छ । तीनवर्ष अघि सुरू भएको आँखा उपचार केन्द्र नेत्र ज्योति सङ्घले आफ्नै पहलमा सञ्चालन गर्दै आएको थियो । सङ्घको निर्णयअनुसार सङ्घ र विराटनगर आँखा अस्पतालले सञ्चालन गर्ने सहमति भएको हो ।

विराटनगर आँखा अस्पतालका अध्यक्ष पदमनारायण चौधरी र सङ्घका इलाम अध्यक्ष इन्द्र फुयालले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि अब इलामका आँखा रोगीले विराटनगर आँखा अस्पतालको सेवा पाउने भएका छन् ।

सम्झौतापछि अध्यक्ष चौधरीले फिक्कल र मङ्गलबारेमा पनि आँखा उपचार केन्द्र खोल्ने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter