• Monday, June 16, 2025

सङ्क्रमित आमाबाट जन्मिने शिशुमा एड्स सर्न नदिन कार्यक्रम ; पाल्पामा १३६ जना सङ्क्रमितले एआरटी सेवा लिँदै

HIVकञ्चनपुर, २९ कात्तिक । कञ्चनपुरमा सञ्चालनमा रहेका बर्थिङ सेन्टरमा सङ्क्रमित आमाबाट जन्मिने शिशुमा एचआइभी एड्सको सङ्क्रमण हुन नदिनका लागि कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाको बर्थिङ सेन्टरमा कार्यरत ८० जना स्वास्थ्यकर्मीलाई यसबारे तालिम प्रदान गरी दक्ष बनाइएको छ ।

एचआइभी एड्सबाट सङ्क्रमित आमा गर्भवती भएमा नियमित चेकजाँचका क्रममा औषधि सेवन गराई शिशुलाई सुरक्षित गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक रतनबहादुर विष्टले बताउनुभयो ।

“स्वास्थ्य संस्थामा गर्भवती चेकजाँचका क्रममा आउने आमा सङ्क्रमित भए नभएको बारे तालिम पाएका दक्ष स्वास्थ्यकर्मीले यकिन गरी महाकाली अञ्चल अस्पतालबाट औषधि उपलब्ध गराई सुरक्षित तरिकाले सुत्केरी गराउने व्यवस्था मिलाएका छौँ” – उहाँले भन्नुभयो ।

सङ्क्रमित भएका आमाले नियमित औषधि सेवन गरे जन्मिने शिशुमा सङ्क्रमणको असर नहुने उहाँले बताउनुभयो । औषधि सेवन गर्ने सङ्क्रमित आमाले जन्माएका ८० प्रतिशत शिशु स्वस्थ्य जन्मिने बताइएको छ ।

हालसम्म औषधि सेवन गरेका यहाँका सङ्क्रमित चारजना आमाबाट स्वस्थ्य शिशु जन्मिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनपुरमा ३३४ जना एचआइभी एड्सबाट सङ्क्रमित रहेका छन् । सबैभन्दा बढी यौनकर्मी महिलाका कारण सङ्क्रमितको सङ्ख्या बढ्दो रुपमा रहेको छ ।

युनाइटेड मिसन अस्पताल तानसेनबाट १३६ जना एचआइभी सङ्क्रमितले एआरटी सेवन लिदै आएका छन् । एआरटी नामक औषधि नियमित रुपमा सेवन गर्दा एचआइभी सङ्क्रमितलाई स्वास्थ्य रहन सहयोग गर्छ ।

एआरटी सेवन गर्नेमध्ये ७७ जना सङ्क्रमित महिला र ५९ जना पुरुष रहेका छन् । पाल्पामै एचआइभी जीवाणु परीक्षण (एआरभी) हुन थालेपछि सङ्क्रमितको पहिचान र उपचार सहज भएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

जनस्वास्थ्यका अनुसार पाल्पा जिल्लामा चार वर्षअघि ८६ जना एचआइभी सङ्क्रमित रहेका थिए । उक्त सङ्ख्या बढेर गत वर्ष २३७ जना र यो वर्ष २६६ जना पुगेको छ ।

दुई सय ६६ जना सङ्क्रमितमध्ये ६६ जना एकल महिला छन् । बढ्दो वैदेशिक रोजगारी, सामाजिक चेतना र सङ्क्रमितलाई उपचार र सहयोगले समेत सङ्क्रमितहरू बाहिर आउने क्रम बढेको उहाँले बताउनुभयो । यसअघि बालबालिका कम प्रभावित भए पनि पछिल्लो समयमा बालबालिकामा समेत एचआइभी सङ्क्रमण देखिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter