• Sunday, June 15, 2025

छठ सम्पन्न : अशान्त वातावरण चाँडै टुङ्गियोस्

Chhat festivalबर्दिवास, २ मङ्सिर । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यस वर्षको छठ पर्व समापन गरिएको छ ।

कात्तिक शुक्ल चौथीका दिन गत आइतबार नुहाइधुवाइ गरेर सात्विक भोजन गर्दै व्रतको सङ्कल्प गरेका व्रतालुले आज पवित्र जलाशयमा बनाइएका घाटमा नुहाएर सूर्यलाई अघ्र्य दिए । यसअघि पर्वको दोस्रो दिन पञ्चमीका दिन व्रतालुले दिनभरि निर्जला व्रत बसेर पञ्चमी तिथि सकिनु चार घडीअघि सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यसैगरी मङ्गलबार षष्ठी तिथिका दिन निराहार व्रत बस्दै साँझ अस्ताउँदा सूर्यलाई अघ्र्य दिएका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर चारदिने पर्व सम्पन्न गरेका हुन् ।

व्रत समापनसँगै मिथिला क्षेत्रका घरघरमा अघ्र्य दिँदा सूर्यलाई देखाइएका ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार र केरासहितका फल प्रसादस्वरुप खाने खुवाउने क्रम चलेको छ । मिथिलामा लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको यो व्रतको प्रभावले सन्तान सुख प्राप्त हुने, चर्मरोग निको हुने र मनोवाञ्छित कामना पूरा हुने जनविश्वास छ ।

यसपालि पर्व समापन गरेका व्रतालुले भने मुलुकमा जारी अशान्त वातावरण चाँडै टुङ्गियोस् भन्ने कामना गरेका छन् । बिहान बर्दिवासको बारनचौडी पोखरीघाटमा व्रत समापन गरेकी बर्दिवास–३ की गायत्री शर्माले आपूmले व्यक्तिगत आकाङ्क्षालाई पर सारेर सरकार, मुख्य दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज हुने भनिएको वार्ता सफल होस् भन्ने कामना गरेको बताउनुभयो । बर्दिवाससहित महोत्तरीका अन्य गाउँनगर बस्तीका व्रतालुले पनि आजको वार्ता सफलताका लागि आपूmहरुले भगवान् सूर्यसँग प्रार्थना गरेको बताएका छन् ।

विराटनगर : उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि छठ पर्व सम्पन्न भएको छ ।
व्रतालु महिलाले बिहानै जलाशयमा प्रवेश गरेर छठीमाताको पूजापाठ गरी प्रसादका रुपमा रहेको ठेकुवा, केरा, मिठाइ लगायत सामग्री अघ्र्यका रुपमा उदाउँदो सूर्यलाई अर्पण गरे । मोरङको ग्रामीण क्षेत्रका साथै विराटनगरमा पनि धार्मिक विधिपूर्वक धूमधामका साथ यो पर्व मनाइएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter