• Monday, June 16, 2025

दुई महिलाकर्मी ‘एन पिस अवार्ड’ बाट सम्मानित

N Peace Awardकाठमाडौँ, २ मङ्सिर । पाँच वर्षदेखि एकल आमाको सम्पत्तिको अधिकार प्राप्तिमा सक्रिय अधिकारकर्मी शर्मिला थापा यस वर्षको ‘एन पिस अवार्ड’ बाट सम्मानित हुनु भएको छ ।

नेपाल पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समिदा महिला विकास मञ्चको अध्यक्षसमेत रहनुभएकी थापाले महिला अधिकारका लागि निरन्तर सक्रियरूपमा लागेको भन्दै कात्तिक ६ गते संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले आफ्नो कामको प्रशंसा गर्दै प्रोत्साहनवापत पुरस्कृत गरेको जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार आफूलाई पनि एउटा छोराको जन्मपछि श्रीमान्ले छोडेर समस्याको जीवन बिताउनु परेकाले आफू अन्य महिलालाई सहयोग होस् भनी संस्था सञ्चालन गरेको बताउनुभयो ।

हाल उहाँको संस्थामा २८६ जना एकल आमालाई सहयोग गरी मञ्चले ती आमालाई आत्मनिर्भरका लागि कागजको फूल बनाउने, सिलाइकटाइ र बुनाइलगायतका सीप सिकाइरहेको छ । यस संस्थाले विशेष गरी एकल बनेका आमाको सम्पत्तिको अधिकारका लागि यहयोग गर्दै आएको छ । यो पुरस्कार हरेक वर्ष दिने गरिन्छ ।

शान्ति र समानताका लागि निरन्तर लाग्नुभएकी अर्की समाजसेवी कौशीला चौधरी पनि यस वर्ष सोही पुरस्कारबाट सम्मानित हुनुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter