• Saturday, June 14, 2025

फुटबल टोलीलाई भव्य स्वागत

 Nepal-national-football-team-750x450

 

(चन्द्रकला भण्डारी)
काँकडभिट्टा (झापा), ५ फागुन । तेइस वर्षपछि नेपाललाई दक्षिण एसियाली खेलकुद (साग)मा फुटबलको स्वर्ण पदक दिलाएर स्वदेश फर्किएको राष्ट्रिय फुटबल टोलीले आज दिउँसो पूर्वी प्रवेशद्वार काँकडभिट्टामा भब्य स्वागत तथा सम्मान पाएको छ ।

भारतको गुवाहाटीबाट सोझै नेपाल प्रवेशद्वार आएका विजेता फुटबल खेलाडी र प्रशिक्षकलाई मेची पुलदेखि नै हजारौँ झापाली खेलप्रेमीले जयजयकार गर्दै काँकडभिट्टा बजारसम्म ल्याएका थिए ।

राष्ट्रिय झण्डासहित स्वागतका लागि उपस्थित खेलप्रेमीहरूले नेपालको इज्जत बढाएको भन्दै पङ्तिबद्व भएर खेलाडीलाई फूलको माला र खादा पहि¥याउँदै अबीर लगाएर नागरिक अभिनन्दन गरे ।

नेपाली फुटबल टोलीले गुवाहाटीमा फागुन ३ गते सम्पन्न फाइनल खेलमा बलियो प्रतिस्पर्धी भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएको थियो ।

फुटवल टोलीमा रहेका चर्चित फुटबल खेलाडी नवयुग श्रेष्ठ र प्रशिक्षक राजुकाजी शाक्यलाई खेलप्रेमीहरूले अपार श्रद्धा दर्शाएका छन् ।

स्वदेश फर्किएको नेपाली फुटबल टोलीको स्वागत तथा अभिनन्दनका लागि झापा जिल्ला खेलकुद विकास समितिले झापावासी खेलप्रेमीलाई आह्वान गरेको थियो ।

गलाभरी माला र खादा पहिरिएका, अबीरले राताम्य नेपाली खेलाडीलाई अगाडि लगाएर ¥याली निकाल्दा कुनै ठूलो युद्धजितेर फर्केका योद्धाको सम्मान गरिएको झैँ दृश्य देखिएको थियो ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले नेपाली फुटबल खेलाडीले भूकम्प, नाकाबन्दी र राजनीतिक द्वन्द्वले लामो अवधिदेखि थोपरेको पीडा भुलाउने गरी इतिहास रच्ने खुसी दिलाएको भन्दै खेलाडीको मेहेनत र योगदानको प्रशंसा गर्नुभएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter