• Friday, June 13, 2025

मोदीलाई निमन्त्रणा दिन भारत जाँदै मन्त्री पोखरेल

 anand

 

दोलखा, २१ चैत । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले आगामी बुद्ध जयन्तीका अवसरमा हुने विशेष समारोहमा भारतका प्रधानमन्त्री मोदीलाई निमन्त्रणा दिन आफू भारत भ्रमणमा जाने बताउनुभएको छ ।

नेपालको पर्यटन प्रवद्र्धन गर्दै आर्थिक विकास गर्न सरकारले सात प्राथमिकता निर्धारण गरेर अगाडि बढेको भन्दै पोखरेलले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाह बमोजिम नै भारतीय प्रधानमन्त्री मोदीलाई निम्ता गर्न भारत जान लागेको बताउनुभयो । उहाँले भारत भ्रमणको मिति भने तय भइनसकेको बताउनुभएको छ ।

नेपालमा साहसिक पर्यटनसँगै सांस्कृतिक एवम् प्राकृतिक पर्यटनलाई प्रवद्र्धन गर्न तीर्थयात्रा पर्यटनलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै उहाँले आज चरिकोट मिडिया फाउन्डेसनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहँुदै पोखरेलले सांस्कृतिक पर्यटन विकासका लागि नेपाललाई बुद्ध र हिन्दू सर्किटका रुपमा विकास गर्ने उल्लेख गर्नुहँुदै आफूले गहन अध्ययन र प्रमाणका आधारमा बुद्धको जन्मथलो मात्र नभई बुद्धधर्मको थलोसमेत नेपाल नै भएको दाबी गरेको चर्चा गर्नुहँुदै विगतमा बुद्ध भारतमा जन्मिएको दाबी गर्ने भारतीय अहिले बुद्धको जन्मथलो नेपालमै भएपनि बुद्धत्व चाहिँ भारतमा प्राप्त गरेको हो भन्ने तहसम्म आइपुगेको बताउनुभयो ।

उहाँले नेपालको विगतको इतिहासका लागि नेपालको उत्पत्तिदेखि ज्ञानेन्द्र शाहको शासनकालसम्मका इतिहास समेटेर म्युजियम बनाउने, १२५ भाषाभाषीलाई मध्यनजर गरेर राष्ट्रिय सङ्ग्रहालय बनाउनेलगायतका योजनासमेत सरकारको रहेको बताउनुभयो ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोखरेलले पर्यटन विकासका लागि हवाई सेवाको भरपर्दो विकास आवश्यक रहेको उल्लेख गर्नुहुँदै सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, विश्वकै ठूलामध्येमा पर्नसक्ने निजगढ विमानस्थल र गौतमबुद्ध विमानस्थललाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताउनुभयो ।

उहाँले विगतमा नेपाल भारतवेष्ठित देश भन्ने गरिएकोमा चीनसँग पारवहन सन्धि गरेर वर्तमान सरकारले नेपाल भू–परिवेष्ठित देश भएको प्रमाणित गरिदिएको चर्चा गर्नुहँुदै राष्ट्रियताको पक्षमा खरो उत्रिएको वर्तमान सरकार परिवर्तन गर्न खोज्नु राष्ट्रियतामाथिको प्रहार हुने बताउनुभयो । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter