• Saturday, June 14, 2025

विश्व बरियतामा नेपाल छ स्थान फड्कियो

Friendly football

 

काठमाडौँ, २५ चैत । फुटबलको विश्व बरियतामा यो महिना छ स्थान सुधार गरेको नेपाल १७९औँ स्थानमा उक्लिएको छ ।

विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल दक्षिण एसियामा पाँचौँ स्थानमा छ । पाँच स्थान सुधार गरेको अफगानिस्तान १४७औँ स्थानका साथ पहिलो स्थानमा छ ।

दुई÷दुई स्थान तल झर्नका बाबजुद क्रमशः १६० र १६२औँ स्थानमा रहेका माल्दिभ्स र भारत दोस्रो र तेस्रो स्थानमा कायम छन् । त्यस्तै, थपघट नभएको बङ्गलादेश १७७औँ स्थानका साथ दक्षिण एसियामा चौथो स्थानमा रहेको छ ।

सात स्थानमाथि उक्ले पनि भुटान १८६औँ स्थानका साथ छैटौँ स्थानमा अर्थात् नेपालभन्दा पछाडि छ । त्यसैगरी, दुई स्थान उक्लिएको श्रीलङ्का १८७औँ स्थानका साथ सातौँ र तीन स्थान तल झरेको पाकिस्तान १९०औँ स्थानमा छ र पाकिस्तान दक्षिण एसियाको अन्तिममा छ ।

नयाँ फिफा बरियताको शीर्ष स्थानमा अर्जेन्टिनाको पुनरागमन भएको छ भने बेल्जियम दोस्रो स्थानमा झरेको छ । दुई स्थान सुधार गरेर तेस्रोमा पुगेको चिली फिफा बरियतामा अहिलेसम्मकै उच्च स्थानमा पुगेको छ भने चार स्थान सुधार गरेको कोलम्बिया बरियताको चौथो स्थानमा छ ।

त्यस्तै, एक स्थान तल झरेको विश्वविजेता जर्मनी पाँचौँ र तीन स्थान तल झरेको युरो कप विजेता स्पेन छैटौँ स्थानमा चित्त बुझाएका छन् ।

त्यसैगरी, एक स्थान झरेको पाँच पटकको विश्व विजेता ब्राजिल सातौँ, समान स्थान तल झरेको पोर्चुगल आठौँमा छन् । साथै, दुई स्थानमाथि उक्लिँदै उरुग्वे नवौँमा पुग्दा एक स्थान तल झर्दै इङ्ग्ल्यान्ड दसौँ स्थानमा रहेको छ ।

एक महिनाको अन्तर्राष्ट्रिय प्रदर्शनका आधारमा फिफाले हरेक महिना बरियता सार्वजनिक गर्ने गर्छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter