• Thursday, June 12, 2025

ताप्लेजुङमा सडकका लागि गाउँलेले जुटाए रु एक करोड

 Road

 

(सन्तोष पुर्कुटी)
ताप्लेजुङ, २५ चैत । सरकारद्वारा भइरहेको सडक निर्माणको गति सुस्त भएपछि ताप्लेजुङ जिल्लाका पूर्वी तीन गाविसका बासिन्दा आफैँले ‘एक करोड’ रुपैयाँ सङ्कलन गरेर सडक निर्माण कार्यमा जुटेका छन् ।

जिल्लाको खेवाङ, मेहेले र सुरुम्खिम गाविसका बासिन्दा समुदायको लगानीमा सडक विस्तारको अभियानमा लागेका हुन् । गत वर्ष जिल्लाको आम्वेगुदिनको दुई नम्बर वडाका बासिन्दाले १७ लाख रुपैयाँ सङ्कलन गरेर बाटो आम्वेगुदिनको खाम्दिम्वे बजारबाट हप्पुखोलासम्म पु¥याएका थिए । आम्वेगुदिनले आफ्नो अन्तिम विन्दुमा पु¥याएपछि सो गाविस अगाडिका तीन गाविसवासी सडक निर्माणमा जुटेका हुन् ।

स्थानीय समुदायको लगानीमा यो वर्ष छ किलोमिटर अगाडि बढेको छ । यसै महिनाको सुरुवाट विस्तार कार्य सुरु भएको हो । वैशाख अन्तिमसम्ममा थप ११ किलोमिटर बढाएर खेवाङ गाविसको सिमानामा पु¥याउने योजना रहेको सुरुम्खिम–५ का उपभोक्ता खड्गप्रसाद तिवारीले बताए । तिवारीका अनुसार यति सडक विस्तार गर्दा मेहेले र सुरुमखिम गाविस पार हुन्छ र खेवाङ छुन्छ । बाँकी अर्को वर्ष सबै मिलेर विस्तार गर्ने योजना रहेको छ । तेल्लोक गाविस घर भएका ठेकदार ज्ञानु भट्टराईलाई निर्माणको जिम्मा दिइएको छ । भट्टराईले एक करोड ६० लाख रुपैयाँमा खेवाङको सिमानामा रहेको सुरुम्खिमको बाँकेटारसम्म पु¥याउने जिम्मा लिएका छन् ।

यस्तै, बाँकी रु ६० लाख बजेट जुटाउनका लागि समुदायले सरकारी बजेटमा लबिङ गरेका छन् । सुरुमखिमको उपभोक्ता समिति सदस्य तथा पूर्व गाविस अध्यक्ष राम इङबुङले सांसद भूपेन्द्र थेवेसित रु १४ लाख मागेको र सुरुमखिम गाविसले रु पाँच लाख ४६ हजार दिएको बताएका छन् । अपुग बजेटका लागि जिविसलगायतका निकायसँग माग गरिरहेको समेत उनले बताए । तीन गाविसले समुदायवाट प्रतिगाविस रु ३३ लाखका दरले रकम सङ्कलन गरेका छन् । सडक निर्माणका लागि ४० हजार रुपैयाँ दिएका मेहेले गाविसका दिवस भण्डारीले एक करोड सङ्कलनका लागि क, ख, ग र घ गरेर प्रत्येक घरधुरीलाई चार तहमा वर्गीकरण गरेको जानकारी दिएका छन् ।

प्रत्येक गाविसमा वडा भेला राखेर समुदायको इच्छा र आर्थिक अवस्था हेरी रकम लगाइएको सुरुमखिमका उपभोक्ता समिति अध्यक्ष डिवी खुदाङले बताए । सडक सुविधाका लागि सबैको इच्छा भएकाले स्वतस्फुर्तरुपमा लगानी उठेको उनले बताएका छन् । अपुग रु ६० लाख कतैबाट नजुटे समुदायले ऋण लिएर भएपनि लक्ष्य पूरा गर्ने योजना रहेको बताइएको छ ।

यता सरकारबाट निर्माणाधीन क्षेत्रीय सडक भने साब्लाखु, लिम्वुदिन हुँदै अघि बढिरहेको छ । वार्षिक रु आठ÷दस लाखसम्म रकम आउने र धेरै नबढ्ने भएकाले स्थानीयवासीले यसको धेरै आशा गरेका छैनन् । खाम्दिङगे बजार हुँदै गएको सडक तेल्लोकतिर अघि बढाइएको छ । जिल्लाका प्रायः धेरै गाविसमा सडक बाटो पुगेपनि त्यस क्षेत्रमा चाँडै सडक विस्तार हुने छाँटकाँट नदेखेपछि समुदाय आफँै सडक निर्माणमा जुटेको स्थानीयवासी बताउँछन् ।

अहिलेसम्म यी गाविसका बासिन्दालाई सडकको पहुँचमा पुग्न दुई घन्टादेखि पाँच घन्टासम्म पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको छ । पछिल्लो समय जलविद्युत्, पुललगायतका पूर्वाधार निर्माण गर्नका लागि आवश्यक गह्राँै खालका सामानको ढुवानी महँगोमा हेलिकोप्टरमार्फत गर्ने गरिएको छ । सरकारद्वारा हुने विकासका काम सुस्त हुँदै गएपछि जिल्लाका अधिकांश क्षेत्रको बाटो, जलविद्युत्लगायत विकासका काममा जिल्लाका अधिकांश क्षेत्रका समुदायको लगानी बढ्दै गएको छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter