• Sunday, June 15, 2025

वरिष्ठ सङ्गीतकार गुरुङ सम्मानीत

ambar-gurung-musician-singer-writerकाठमाडौँ, १ वैशाख । आज नयाँ वर्ष घरमै पाहुनालाई समय दिने योजना थियो । बिहानै फोन आयो आज ११ बजे वरिष्ठ सङ्गीतकार अम्बर गुरूङलाई नागरिक अभिनन्दन गरिँदै छ, तपाई आइदिनुप¥यो भनेर । मैले साेंचे पाहुनालाई घरमै बसालेर अम्बर गुरूङको अभिनन्दन कार्यक्रममा जानुपर्छ अनि कम्युटरमा बसे र अम्बर गुरूङको बारेमा यी हरफहरू लेखे ।

अम्बर तिमी अमर रहन्छौँ गीतको गुञ्जनमा
भावना तिम्रो देशभक्ति पूर्ण अटल छ सङ्गीतमा,
हिमाल जस्तो व्यक्तित्व तिम्रो चम्किलो देशमा
नेपाली भनी चिनारी दिने गर्विलो जोशमा ।

अजर अमर गीतहरू स्रोता समूहद्वारा यहाँ आज आयोजित वरिष्ठ सङ्गीतकार अम्बर गुरूङको नागरिक अभिनन्दन तथा शुभकामना कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री भीम रावलले वाचन गरेको कविता हो यो ।

उपप्रधानमन्त्री रावलले वरिष्ठ सङ्गीतकार गुरूङलाई वरिष्ठ सङ्गीतकार स्व ज्ञानबहादुर श्रेष्ठका नाममा स्थापित ‘ज्ञानबहादुर स्मृति सङ्गीत पुरस्कार प्रदान गर्दै वरिष्ठ सङ्गीतकारको स्वास्थ्य उपचार खर्च सरकारले व्यहोरेको छ र अझै पनि उहाँलाई सहयोग गर्न तयार छ भन्नुभयो । पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

“उहाँले धेरै गीत सङ्गीत गाउन नसकिरहेका अवस्थामा उहाँको उपस्थितिले नै हामी गौरवान्वित भएका छौँ”– उपपधानमन्त्री रावलले भन्नुभयो । अम्बर गुरूङका गीत सङ्गीत सुन्नका लागि नयाँ पुस्तालाई प्रेरित गर्नुपर्ने उहाँको भनाइ छ ।

गीतकार रत्न शमशेर थापा, वरिष्ठ गीतकार कालिप्रसाद रिजाल र कवि तथा गीतकार सुभासचन्द ढुङ्गेलले वरिष्ठ सङ्गीतकार गुरूङले नेपाली गीत सङ्गीतमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । करिब १०० भन्दा बढी नेपाली गीत सङ्गीतका रचयिता गुरूङले राष्ट्रिय गान (सयौँ थुङ्गा फूलका हामी…) मा सङ्गीत दिनुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter