• Friday, June 13, 2025

थोराङपासमा सेल्टर बनेपछि पर्यटकलाई सुविधा

Thorang Passमुस्ताङ, ४ वैशाख । राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत थोराङपासमा अस्थायी सेल्टर (आवास गृह) निर्माण भएपछि पर्यटकलाई सहज भएको छ ।

जिल्ला विकास समिति मुस्ताङ र पर्यटन बोर्डको रु ४० लाखको लगानीमा सेल्टर निर्माण गरिएको हो ।
एक्काइस दिन लाग्ने पदमार्गको पदयात्रामा आउने अधिकाँश पदयात्री समुद्री सतहदेखि ५४ सय मिटर उचाइमा रहेको थोराङपासमा पुग्न चाहान्छन् ।

जिल्ला विकास समितिका कार्यक्रम अधिकृत केदारसिंह थापाले मनाङ र मुस्ताङको सिमानामा पर्ने थोराङ क्षेत्रमा आवश्यकताको आधारमा दुईवटा सेल्टर निर्माण गरिएपछि यो सिजनमा आउने पदयात्रीलाई सहज भएको जानकारी दिनुभयो ।
पर्यटकलाई विश्राम, आवश्यक लत्ताकपडा र खाद्यान्न राख्न तथा प्रतिकूल मौसमको समयमा बासबस्न मिल्ने भएपछि पर्यटकहरु उत्साहित भएको बताइएको छ ।

दुई वर्षअघि हुँदहँुद आँधीका कारण परेको बेमौसमी हिमपातले थोराङ क्षेत्रमा मात्रै विदेशी पर्यटक र नेपाली गाइड तथा भरिया गरी २५ भन्दा बढीले ज्यान गुमाएका थिए । आँधीको प्रभावका कारण दुई दिनसम्म लगातार हिउँ परेपछि मनाङ हुँदै आएका पर्यटकको अत्यधिक चिसोले कठ्याङग्रिएरै मृत्यु भएको थियो ।

लामो समयदेखि सेल्टर निर्माण गर्नुपर्ने बहस चले पनि प्रक्रिया अघि नबढ्दा उक्त समयमा ठूलो मानवीय क्षति भएको थियो ।
अहिले सेल्टर बनेपछि हिमपातकै कारणले यस्तो मानवीय क्षति नहुने (एक्याप) का पर्यटन सहायक बेलबहादुर पुनले जानकारी दिनुभयो ।
“पर्यटकले पनि ठिक ठाउँमा सेल्टर बनेको छ भनेर प्रतिक्रिया दिएका छन्, अझै त्यसलाई व्यवस्थित बनाउनुपर्नेछ,” सहायक पुनले भन्नुभयो । बोर्ड तथा मन्त्रालयले पक्की घर नै बनाउन भनेर बजेट दिएको भए पनि तत्काल सम्भव नभएका कारण टिन र फलामको सहायताले अस्थायी आवासगृह निर्माण गरिएको जिविसले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter