• Sunday, June 08, 2025

धौवादीको फलामखानीको उत्खनन सरकार आफैँ गर्छ : मन्त्री पाण्डे

Som Prasad Pandeyकावासोती, ४ वैशाख । नवलपरासीको धौवादी–३ पोखरीस्थित फलामखानीको उत्खनन सरकार आफैँले गर्ने उद्योग मन्त्री सोमप्रसाद पाण्डेले बताउनुभएको छ ।

खानी तथा भूगर्भ विभागको टोलीसहित शनिबार खानी क्षेत्र पुग्नुभएका मन्त्री पाण्डेले सरकार आफैँले फलामको उत्खनन गर्ने बताउनुभयो ।

मन्त्रालयले सम्भावना भएका खानी, पेट्रोलियम पदार्थको अन्वेशण गरिरहेको छ अब विकासको गति बढ्छ मन्त्री पाण्डेले भन्नुभयो – “धौवादीको फलाम खानी कुनै निजी क्षेत्रलाई दिइँदैन ।”

उत्खनन हुने बेलासम्म कामलाई निरन्तरता दिन्छौँ उहाँले भन्नुभयो – “पैसाका कारणले वर्षमा एक महिना काम गरेर रोक्ने काम हुँदैन, अन्तिम अवस्था नआउँदासम्म निरन्तर काम हुन्छ ।” पूर्वमा नाम्जाकोट पश्चिममा धौवादी र उत्तरमा ल्हापे र दक्षिणमा रुम्सीसम्म फलामखानीको क्षेत्र रहेको छ ।

विस्तृत अध्ययन टोलीले च्यानल सेम्पलिङ, टोपो जियोलोजिकल सर्वे, डिर्लिङलगायतको काम गरेकाले फलाम परीक्षणको काम भारत र चीन अथवा तेस्रो मुलुकमा गरिने मन्त्री पाण्डे जानकारी दिनुभयो ।

आगामी बजेटबाट सडक, खानेपानी र विद्यालयलाई सहयोग गर्ने कार्यक्रमसहित खानीको कामले तीव्रता पाउने उहाँले बताउनुभयो ।

दुई किमी क्षेत्रमा झन्डै चार करोड मेट्रिक टन फलाम रहेकाले सरकारले बाँकी आठ किमी क्षेत्रलाई पनि प्राथमिकता साथ काम गर्छ उहाँले बताउनुभयो । डेढ दुई वर्षभित्र यो खानी सञ्चालनमै ल्याउने तयारी मन्त्रालयले गरेको उहाँले दाबी गर्नुभयो ।

च्यानल सेम्पलिङमा ५८ प्रतिशतसम्म हेमटाइड वेर (फलाम निकाल्ने तत्व) भेटिएको टोली प्रमुख नरेश महर्जनले बताउनुभयो । ६० प्रतिशत हेमटाइड वेर उत्तम र ३० देखि ६० प्रतिशतसम्मको मध्यमखालको मानिन्छ ।

खानी क्षेत्रको पश्चिमपट्टिको भाग र उत्तरपट्टिको भागमा मन्त्री पाण्डेले अवलोकन गर्नुभएको थियो ।

विसं २०६७÷७८ देखि प्रारम्भिक सर्वे भएको यो ठाउँ सुरुमा कोइलाखानीका रुपमा अनुसन्धान गर्न आउँदा फलामखानी भएको पुष्टि भएको थियो । एक महिनादेखि पाँच जनाको भूगर्भविद्को टोलीले यस ठाउँको एक सय हेक्टर क्षेत्रफलमा विस्तृत सर्वेको काम गरेको थियो ।

टोलीले अध्ययनको काम सकेर करिब दुई टन नमूना लिएर काठमाडौँ जाने तयारी गरेको भूगर्भविद् नारायण बाँस्कोटाले बताउनुभयो ।

खानी तथा भूगर्भ विभागका निमित्त महानिर्देशक राजेन्द्रप्रसाद खनाल, उपमहानिर्देशक सोमनाथ सापकोटा, वरिष्ठ इन्जिनियर रुपक खड्का, भूगर्भविद् जनकबहादुर चन्दलगायतका टोली मन्त्री पाण्डेसँगै खानी क्षेत्र पुगेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter