• Sunday, June 08, 2025

हिसानको छयालीसबुँदे घोषणापत्र सार्वजनिक

HISSAN
काठमाडौँ, ३ जेठ । उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले तत्काल राष्ट्रिय शिक्षा आयोग गठनको माग गर्दै ४६ बँुदे घोषणापत्र सार्वजनिक गरेको छ ।

हिसानको सातौँ राष्ट्रिय महाधिवेशनले शिक्षा क्षेत्रका विभिन्न विषय समेटिएर पारित गरेका ४६ बुँदे घोषणापत्र नवनिर्वाचित अध्यक्ष रमेश सिलवालले आज पत्रकार सम्मलेनमार्फत सार्वजनिक गर्दै कक्षा ११ र १२ को परीक्षाको परीक्षाफल प्रकाशन गर्दा ७५ प्रतिशत ल्याउनेलाई विशिष्ट, ६० प्रतिशतलाई प्रथम श्रेणी, ४५ प्रतिशतलाई द्वितीय र ३५ प्रतिशतलाई तृतीय श्रेणी खुलाउनुपर्ने माग गर्नुभयो ।

यस्तै दश जोड दुईलाई कम्तीमा १० वर्ष सञ्चालन गर्न दिनुपर्ने र शिक्षा क्षेत्रमा लगाइएको १ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्नुपर्ने माग गरिएको छ ।
अध्यक्ष सिलवालले शिक्षा क्षेत्रमा आएका चुनौती समाधान गर्न सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै अहिले सरकारले ल्याउन थालेको शिक्षा ऐनको मस्यौदा अव्यावहारिक भएकाले सच्याउनुपर्ने बताउनुभयो । “सरकारले ल्याउन लागेको शिक्षा ऐन संविधानसँग बाझिएको छ”, उहाँले भन्नुभयो, “सङ्घीय संरचनाको आधारमा ऐन ल्याउनुपर्छ ।” हिसानको महाधिवेशन गत वैशाख ३० र ३१ भएको थियो ।
तेस्रो एडुफेयर बिहीबारदेखि
बिहीबारदेखि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा तेस्रो कान्तिपुर हिसान एडुफेयर–२०१६ हुने भएको छ । हिसान र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजनामा चार दिनसम्म एजुफेयर विद्यार्थी र अभिभावकलाई एउटै छानामुनि नेपालका कजेजको जानकारी गराउने उद्देश्यले आयोजना गर्न लागिएको अध्यक्ष सिलवालले बताउनुभयो ।

मेलामा नेपालका उत्कृष्ट सय कलेजको सहभागिता हुने हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले जानकारी दिनुभयो । एजुफेयरमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । शर्माका अनुसार एडुफेयरमा हरेक दिन गोलाप्रथाबाट उच्च शिक्षा अध्ययनका लागि निशुल्क छात्रवृत्ति दिइने छ । रासस

Related News

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

  (प्रकाश सिलवाल) काठमाडौँ, १६ असार । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै…

बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का

    बैतडी, १६ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक धक्का महसुस भएको छ । भूकम्प…

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter