• Friday, May 23, 2025

अपाङ्गमैत्री बजेट ल्याउने प्रतिबद्धता

people with disabilitiesकाठमाडौँ, ४ जेठ । राष्ट्रिय अपाङ्ग महासङ्घले आव २०७३÷७४ को बजेटमा अपाङ्गता भएकालाई प्राथमिकता दिनुपर्ने माग गर्दै अर्थमन्त्री विष्णु पौडेल र राज्यमन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी आगामी बजेट ल्याउन लागेको बताउँदै उक्त बजेटमा अपाङ्गता भएका व्यक्तिका लागि सरकारले प्राथमिकताका साथ राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ज्ञापनपत्रमा अपाङ्गता भएकाहरुका लागि सामाजिक सुरक्षा भत्ता व्यवस्थाको फैसला कार्यान्वयन हुनुपर्ने, अपाङ्गता भएकाको शिक्षा, स्वरोजगार, रोजगारजस्ता विषयलाई बजेटमा सम्बोधन गरिनुपर्ने, अपाङ्गताभित्र पनि बौद्धिक अपाङ्गता, अटिजम्जस्ता समस्या भएकालाई विशेष प्राथमिकता दिनुपर्नेलगायतका माग रहेका छन् ।

महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा अपाङ्गताको सवाललाई केही मात्रामा सम्बोधन गरेकाले बजेटमा पनि आफ्ना सम्पूर्ण नभएपनि केही माग पर्नेमा विश्वास व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter