• Saturday, June 14, 2025

युएईको सैनिक टोलीसहित एकै दिन डेढसय बढी आरोही सगरमाथा चुचुरोमा

Moun Everestकाठमाडौँ, ६ जेठ । सगरमाथा आरोहण प्रारम्भ भएको नवौँ दिन आज मात्रै १५० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् ।

संयुक्त अरब इमिरेट (युएई) को सैनिक टोलीसहित एक दिनमै १५० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आरोहीको भीडले कुन देशका कति आरोही चुचुरोमा पुगे भन्ने यकिन विवरण आइसकेको छैन । अझै धेरै सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने क्रममा रहेको श्रेष्ठले बताउनुभयो ।

प्रतिकूल मौसम भएपछि यसअघि मङ्गलबार र बुधबार गरी दुईदिन कुनै आरोहण हुन सकेको थिएन । सगरमाथाको चुचुरो नजिक हावा चलेका कारण दुई दिन आरोहण रोकिएको थियो ।

वसन्त ऋतुको यो मौसममा गत वैशाख २९ गते बुधबारदेखि आरोहण सुरु भएको थियो । सगरमाथा आरोहणको छ दिनअर्थात् जेठ ३ गतेसम्म ८८ जना स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।

पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ पर्यटक आरोहणका लागि गएका छन् ।

तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टोलीले अनुमति लिएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter