• Tuesday, June 17, 2025

चालिस लाखको स्वास्थ्य उपकरण प्रदान; विद्यालय पुनःनिर्माणका लागि प्रवासीको सहयोग

Galkot Society Japanबागलुङ, ६ जेठ । गलकोट समाज जापानले यहाँका १२ वटा स्वास्थ्य संस्थालाई रु ४० लाख बढीको स्वास्थ्य उपकरण र सामग्री प्रदान गरेको छ ।

हरिचौरस्थित गलकोट प्राथमिक स्वास्थ्य केन्द्रसहित अन्य ११ गाविसका स्वास्थ्य चौकीलाई गरी रु ४० लाख २८ हजारको उपकरण प्रदान गरेको हो । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा तारानाथ पौडेल र गलकोट समाज जापानका अध्यक्ष हर्क थापाले ती उपकरण तथा सामग्री हस्तान्तरण गर्नुभयो ।

जसमा गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई सबैभन्दा बढी रु २९ लाख २८ हजार मूल्य बराबरका उपकरण दिइएको छ । बाँकी गलकोटका ११ गाविसमा रहेका स्वास्थ्य चौकीलाई रु एक लाख मूल्यका स्वास्थ्य उपकरण र सामग्री प्रदान गरिएको समाजका अध्यक्ष थापाले जानकारी दिनुभयो । उपकरण पाउने स्वास्थ्य चौकीमा हटिया, मल्म, पाण्डवखानी, काँडेबास, रिघा, दुदिलाभाटी, नरेठाँटी, हिल, तारा, अर्गल र अमरभूमि रहेका छन् ।

विभिन्न २३ प्रकारका उपकरण प्रदान गरिएको समाजले जनाएको छ । जसमा (भिडियो एक्स–रे), (एक्स–रे), (इसिजी), (निबुलाइजर), (प्रसूति बेड) लगायतका उपकरण रहेका छन् । “जापानमा रहेका गलकोटेहरुको सहयोगले यो सम्भव भएको हो, आफ्नो आम्दानीको केही अंश कटाएर गाउँठाउँका लागि योगदान गर्न खोजेका हौँ” समाजका अध्यक्ष थापाले भन्नुभयो । समाजले गत अङ्ग्रेजी नयाँ वर्षमा जापानमा साङ्गीतिक कार्यक्रम राखेर स्वास्थ्य शिविर राख्न र उपकरण सहयोग गर्न आर्थिक सहायता जुटाएको थियो । रासस

यसैगरि, म्याग्दीको पिप्ले–७ कलेजाबाङमा रहेको हिमालय प्राथमिक विद्यालयको पुनःनिर्माणका लागि बेल्जियममा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् ।

भूमिगत पहिरोका कारण जीर्ण अवस्थामा पुगेको विद्यालयलाई नयाँ ठाउँमा स्थानान्तरण गरी पुनःनिर्माणका लागि बेल्जियममा रहेका राखुबासी र म्याग्देलीले रु पाँच लाख ५६ हजार ३५२ आर्थिक सहयोग गरेका हुन् ।

उक्त सहयोग बुधबार विद्यालय स्थानान्तरण गरी पुनःनिर्माण गर्न लागिएको स्थानमा आयोजित एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा कलेजाबाङ घर भई हाल बेल्जियममा रहनुभएका म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेल्जियमका उपाध्यक्षसमेत रहनुभएका गणेश भण्डारीले भवन निर्माण समितिका अध्यक्ष शान्तबहादुर भण्डारी र प्रधानाध्यापक शिवलाल भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

विद्यालयलाई उपलब्ध गराइएको उक्त सहयोगमध्ये मोना बेल्जियममार्फत रु ७५ हजार र ३६ जना सहयोगदातामार्फत थप रु चार लाख ८१ हजार ३५२ सहयोग जुटाइएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter