• Monday, June 16, 2025

मुस्ताङमा जलवायु परिवर्तन अनुकूलन योजना लागू

Climate Changeमुस्ताङ, ७ जेठ । हिमाली जिल्ला मुस्ताङका १६ वटै गाविसमा जलवायु परिर्वतनले स्थानीयस्तरमा पारेको असर अध्ययन र न्यूनीकरणका लागि जलवायु परिर्वतन अनुकूलन योजना लागू भएको छ ।

जिल्ला विकास समिति, जिल्ला भू–संरक्षण कार्यालय, बहुसरोकारवाला वन कार्यक्रम, हरियो वन कार्यक्रम, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र मानव विकास तथा वातावरण सरोकार समाजलगायत सङ्घसंस्थाको पहलमा योजना लागू भएको हो ।

हिमाली क्षेत्रमा जलवायु परिर्वतनका कारण हिमताल फुट्ने, नदीनाला र पानीका मुहान सुक्दै जाने, कृषि उत्पादनमा ह्रास, हिउँ पर्ने क्रममा कमीजस्ता समस्या देखिएको भन्दै योजना लागू भएपछि त्यसको न्यूनीकरणको उपायका विषयमा स्थानीवासीसँग सहकार्य गरिनेछ ।

एक अध्ययनअनुसार, औद्योगीकरणको विकाससँगै बढेको जलवायु परिर्वतनको असर हिमाली क्षेत्रमा बढी देखिएका छन् । स्थानीय विकास अधिकारी हरिप्रसाद बाँस्तोलाले अनुकूलन योजना लागू भएपछि स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम, वृक्षरोपण र मौसमअनुसारका खेतीबाली लगाउन किसानलाई प्रोत्साहन गरिने जानकारी दिनुभयो ।

जिल्लाको जोमसोम, कोबाङ, टुकुचे, कुञ्जो र छोसेर गाविसमा अनुकूलन योजना कार्यान्वयन गर्न थालिएको छ भने बाँकी गाविसमा पनि कार्यान्वयनका लागि स्थानीयस्तरमा छलफल गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय वन कार्यालयका निर्देशक शान्तमणि ताम्राकारले जलवायु परिवर्तनको असरबाट बच्न यस्ता कार्यक्रम सहयोगी हुने बताउनुभयो ।

जिल्लाको गाउँगाउँमा खानेपानीको मुहान सुक्दै जानु, तल्लो भेगमा उत्पादन हुने स्याउ विस्तारै नाश हँुदै जान थालेकाले स्थानीयवासी समस्यामा परेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter