• Sunday, June 15, 2025

बुद्ध जयन्ती समारोह ः तयारी पूरा, अतिथि आउने क्रम सुरु

Lumbiniदीपक घिमिरे / (रुपन्देही), ७ जेठ । विश्व शान्तिको मुहान, भगवान् शाक्यमुनि गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भोलि शनिबार आयोजना गर्न लागिएको २५६०औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसमा सहभागी हुन विदेशी तथा स्वदेशी पाहुना आउने क्रम सुरु भएको छ ।

बुद्ध जयन्तीमा भाग लिन चीन, श्रीलङ्का, भारत, थाइल्यान्ड, अमेरिका, अस्टेलिया, बर्मा, मङ्गोलियालगायतका देशबाट बुद्धमार्गी भिक्षु, भिक्षुणी, लामा गुरु, बज्रयानी बौद्ध गुरु, उपासक र उपासिका लुम्बिनी आइपुग्नु भएको छ ।

लुम्बिनी आइपुग्नु भएका अधिकांश विदेशी पाहुना हवाई मार्ग हुँदै लुम्बिनी आउनुभएको हो । कतिपय पाहुना सडक मार्गबाट लुम्बिनी आउनुभएको लुम्बिनी विकास कोषले जानकारी दिएको छ ।

कोषले दिएको जानकारीअनुसार भुटान, रसिया, संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि तथा अन्य मुलुकका मन्त्री तथा पाहुना आउने क्रम जारी रहेको कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा सहभागी हुन गृह मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र मुख्य सचिव साँझ लुम्बिनी आइपुग्नु भएको छ ।

कार्यक्रममा सहभागी हुन थाइल्यान्डका पर्यटन मन्त्री लुम्बिनी आउने पक्का भएको कोषका सदस्य सचिव तामाङले जानकारी दिनुभयो । भोलि बिहानसम्म पनि पाहुना आउने क्रम जारी रहने उहाँले उल्लेख गर्नुभयो ।

राष्ट्रपति भण्डारी लुम्बिनीमा

२५६० औँ बुद्ध जयन्तीको औपचारिक कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी आइपुग्नु भएको छ । भोलि बिहान १० बजेदेखि सुरु हुने बुद्ध जयन्तीको औपचारिक कार्यक्रममा उहाँ प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । उहाँलाई कोषका पदाधिकारीले मायादेवी मन्दिरको प्रवेशद्वार अगाडि स्वागत गरेका थिए ।

नेपाली ध्वजाबाहक विशेष हेलिकप्टरबाट बिहान ११ बजे लुम्बिनी आइपुग्नुभएको राष्ट्रपति भण्डारीले झन्डै ४५ मिनेट लुम्बिनीस्थित मायादेवी मन्दिरमा बिताउनुभएको थियो । उहाँले मायादेवी मन्दिरमा पूजाआजा पनि गर्नुभयो ।

त्यसपछि उहाँ मायादेवी परिसरमा आयोजित अनौपचारिक कार्यक्रममा सहभागी हुनुभएको थियो । सो कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले लुम्बिनीको पुरातात्विक महत्वका बारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको थियो भने कोषका सदस्य सचिव तामाङले लुम्बिनी गुरुयोजनाका विषयमा जानकारी गराउनुभएको थियो । राष्ट्रपति भण्डारीका साथमा पर्यटन तथा संस्कृति सचिव प्रेम राई र क्षेत्रीय प्रशासक शङ्कर कोइराला हुनुहुन्थ्यो । लुम्बिनीमा भएको कार्यक्रमपछि राष्ट्रपति भण्डारी कपिलवस्तुको तिलौराकोट र नवलपरासीको रामग्राम पुग्नुभएको थियो ।

लुम्बिनीमा बुद्ध जयन्तीको तयारी पूरा

लुम्बिनीमा आयोजना गर्न लागिएको २५६० औँ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०७३ को तयारी पूरा भएको छ ।

‘लुम्बिनी नेपाल ः भगवान् बुद्धको जन्मस्थल एवम् बुद्ध धर्मको उद्गमस्थल’ भन्ने मूल नाराका साथ मनाउन लागिएको बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी अन्तिम पूरा भएको कोषले जानकारी दिएको छ ।

लुम्बिनीस्थित लुम्बिनी सङ्ग्रहालय नजिक आयोजना गरिने धार्मिक कार्यक्रममा एक हजार जना लामा गुरु सहभागी हुने क्रम सुरु भएको लुम्बिनी विकास कोषका सदस्य सचिव तामाङले जानकारी दिनुभयो ।

भोलि आयोजना हुने कार्यक्रमका लागि लुम्बिनीलाई निकै आकर्षक ढङ्गले सजाइएको छ । विगतको भन्दा निकै महत्वका साथ हेरिएको यस पटकको बुद्ध जयन्तीलाई भव्यरुपमा सफल पार्न लुम्बिनीको सरसफाइदेखि सुरक्षासम्म निकै ध्यान दिइएको छ । लुम्बिनी जाने बाटोमा विभिन्न ठाउँमा स्वागत द्वार निर्माण गरिएको छ भने विभिन्न स्थानमा नेपालको राष्ट्रिया झण्डा र बौद्ध झन्डा फहराइएका छन् । लुुम्बिनीस्थित मायादेवी मन्दिर, शान्ति दीप, कार्यक्रम स्थललाई बेहुलीजस्तै सझाइएको छ ।

सुरक्षा व्यवस्था कडा

भोलिका कार्यक्रमलाई ध्यानमा राखेर सरकारले दरिलो सुरक्षा व्यवस्था मिलाएको छ । राष्ट्र प्रमुख सहभागी हुने कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको क्षेत्रीय प्रशासक कोइरालाले जानकारी दिनुभयो । कार्यक्रम अवधिभर नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा ट्राफिक प्रहरीले सुरक्षा दिने उहाँले जानकारी दिनुभयो । विदेशी पाहुनाका लागि पनि सुरक्षा प्रबन्ध मिलाइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter