• Sunday, June 15, 2025

धार्मिक, क्षेत्रीय र जातीय विवादबाट मुलुकलाई बचाउनुपर्छःचन्द

Netra Bikram Chandकाठमाडौँ, ७ जेठ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले सहिद तथा बेपत्ता परिवार र द्वन्द्वकालका घाइते र अपाङ्गता भएकाहरुलाई राज्यले बेवास्ता गरेको बताउनुभएको छ ।

बेपत्ता योद्धा स्मृति दिवसका अवसरमा पार्टीद्वारा यहाँ आज आयोजित जनसभालाई सम्बोधन गर्दै सहिद परिवारको सपना पूरा गर्नाको सट्टा सरकारले जनयुद्धका घटनालाई ब्युँताएर सहमति तोड्ने काम गरेको आरोप लगाउनुभयो ।

धार्मिक विवादसँगै क्षेत्रीय र जातीय विवादबाट मुलुकलाई बचाउनुपर्ने उहाँको भनाइ छ । माओवादी वा जो कोहीसँग राष्ट्रिय वा अन्य विषयमा कार्यगत एकता हुनसक्ने उहाँले बताउनुभयो ।

पार्टीका नेता खड्कबहादुर विश्वकर्माले वैदेशिक हस्तक्षेप र भ्रष्टाचारका विरुद्ध तथा जनजीवनका पक्षमा जनप्रदर्शनको आयोजना गरिएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter