• Thursday, June 12, 2025

पर्यटन प्रवद्र्धनार्थ हङ्कङमा पैदलयात्रा

SCMP 24JUL16 NS NEPAL6  NORA7444.JPGकाठमाडौँ, १० साउन । नेपालको पर्यटन प्रवद्र्धन गर्नेे उद्देश्यका साथ हङकङमा आइतबार हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरिएको छ ।

‘हाइक फर नेपाल’ शीर्षकमा आयोजित उक्त कार्यक्रममा ‘एसियाको विश्व परिचित सहर’को करिब १३ किमी यात्रा गरिएको थियो । ‘नेपालका लागि सँगसँगै पाइला चालौँ’ भन्ने नारा दिइएको पैदलयात्रा हङकङ अब्जर्भेसन ह्विलबाट बिहान करिब ८ः३० मा सुरु भएको यात्रा वानचाई ग्याप, वाङ नाई, चुङ रिजर्भर पार्क लगायत सहरका मुख्य सडक, गोरेटो बाटो र अग्ला पहाडलाई छिचोल्दै समुद्री किनार रिपल्स बे पुगी टुङ्गिएको थियो ।

पैदल यात्रामा हङकङमा बसोबास गर्ने नेपाली, स्थानीय चिनियाँ र विदेशी गरी करिब ३०० जनाको सहभागिता थियो । कार्यक्रमको उद्घाटन हङकङका लागि नेपाल महावाणिज्यदूत कमलप्रसाद भट्टराईले गर्नुभएको थियो । कार्यक्रमको आकर्षणका रुपमा १० पटक सगरमाथा आरोहण गर्नुभएका कीर्तिमानी आरोही फुर्बातेन्जिङ शेर्पा र १२ विधा गिनिज बुक अफ वल्र्ड रेकर्डस बनाएका थानेश्वर गुरागाईं रहनुभएको थियो ।

गुरागाईंले सोही समारोहमा १३औँ कीर्तिमान थप्ने क्रममा कुहिनोमा ६.६२ सेकेन्ड बास्केट बल नचाउनुभएको थियो । अठ्ठाइस वर्षीय फुर्वाले १७ देखि २४ वर्षको उमेरभित्र नौ पटक सगरमाथाको शिखर चुमेर विश्वकीर्तिमान बनाउनुभएको छ । तीन दिनमै दुई पटक सगरमाथा आरोहणको अर्को कीर्तिमान पनि उहाँकै नाममा छ । पदयात्रामा स्थानीय चिनियाँ सगरमाथा आरोही जोन च्याङ समेत उपस्थित हुनुहुन्थ्यो ।

‘हामी उठ्नेछाँै’ अभियान अन्र्तगतकै पर्यटन प्रर्वद्धनात्मक कार्यक्रम स्थानीय मितेरी सेवा समिति पोखरा हङकङले आयोजना गरेको समितिका अध्यक्ष तुलसी गुरुङले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter