• Monday, June 09, 2025

डा केसीको अनशन तोडियो

Govinda KCकाठमाडौँ, १० साउन । विभिन्न माग राखेर आमरण अनशन बस्नुभएका डा गोविन्द केसीले १६ दिनपछि आज अनशन तोड्नुभएको छ ।

डा केसी अनशन बस्नुभएको ठाउँ शिक्षण अस्पताल महाराजगन्जमा सरकारी वार्ताटोली र डा केसी पक्षका वार्ताटोलीबीच वार्ता भई आइतबार चारबुँदे सहमति भएपछि आज २ बजे उहाँले अनशन तोड्नुभएको हो ।

सोही अस्पतालमा उपचार गराइरहनुभएका सरोज नेपाली, अनितादेवी महतो र छेवाङनुर्बु लामाले जुस खुवाएपछि डा केसीले अनशन तोड्नुभएको हो ।

“केही बुँदामा सहमति भएको छ, अख्तियार प्रमुख र उपप्रमुखलाई महाअभियोग लगाउने विषयमा केही पनि भएको छैन, तर हाम्रो अन्दोलन त्यसको विरूद्ध जारी रहन्छ” – अनशन तोडेपछि डा केसीले भन्नुभयो ।

सहमति कार्यान्वयन नभएको खण्डमा पुनः अनशन बस्न तयार रहेको डा केसीको भनाइ छ । डा केसीलाई नेपाली काँग्रेसका युवा नेता गगन थापा, स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती, पूर्व मुख्य सचिव लीलामणि पौडेलले पनि जुस खुवाउनुभएको थियो । यो आन्दोलनको अन्त्यभन्दा पनि सुरुवात भएको डा केसीको भनाइ छ । डा केसीले आफ्नो आन्दोलनमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो । अनशन तोडेपछि डा केसीलाई उपचारका लागि मेडिकल वार्डमा लगिएको छ ।

सहमतिअनुसार सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र विषयको अध्ययनका लागि कम्तीमा ५० प्रतिशत सिट सङ्ख्यामा निःशुल्क गर्ने विषय विधेयकमा समावेश रहेको र त्यसलाई पूर्व सम्झौताअनुसार क्रमशः वृद्धि गर्दै ७५ जिल्लामा पु¥याइने भएको छ ।

त्यस्तै, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउने प्रावधान प्रस्तावित विधेयकमा समावेश गर्ने सहमति भएको छ । विगतमा भएको सम्झौताको भावनाअनुरुप काठमाडौँ उपत्यकाभित्र १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र जारी भइसकेका मनसायपत्र नवीकरण सम्बन्धमा नेपाल सरकार र डा गोविन्द केसीबीच २०७२ भदौ १९ मा भएको सम्झौताको बुँदा नं १ ख पालना गरिने जनाइएको छ ।

त्यस्तै, चिकित्सा शिक्षाको शुल्क र सिट सङ्ख्या निर्धारणका आधार चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारभित्र सो आयोगले निर्धारण गरेबमोजिम हुनेगरी प्रस्तावित विधेयकमा उल्लेख भइसकेकाले विगतमा भएको सम्झौताको भावनाअनुसार शिक्षण शुल्क र सिट सङ्ख्या भने नियमावलीमा समावेश गर्ने सम्झौता भएको छ ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडद्वारा प्रस्तावित स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको मनमोहन शिक्षण अस्पतालका नाममा सञ्चालन हुनेगरी विज्ञ टोलीको मूल्याङ्कनका आधारमा कानुनसम्मत तरिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले खरिद गर्ने र सो प्रयोजनका लागि आवश्यक रकम सरकारले प्रतिष्ठानलाई उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter