• Monday, June 16, 2025

बाढी, पहिरोको कारण हालसम्म २८ को मृत्यु, २४ बेपत्ता

Nepal Floodकाठमाडौँ, ११ साउन । गृह मन्त्रालयले केही दिनदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी, पहिरोका कारण हालसम्म २८ जनाको मृत्यु, २४ जना बेपत्ता र १० जना घाइते भएको जनाएको छ ।

मन्त्रालयका अनुसार प्यूठानमा ६, गुल्मीमा पाँच, पाल्पामा चार, बाग्लुङमा चार, मकवानपुरमा तीन, रुपन्देहीमा दुई र काठमाडौँ, अर्घाखाँची, दोलखा र सर्लाहीमा एक÷एक जनाको मृत्यु भएको छ ।

विपद्कै कारण प्यूठानमा १९, बाग्लुङमा दुई, सुनसरी, सप्तरी र झापामा एक÷एक जना बेपत्ता भएको मन्त्रालयका सहायक प्रवक्ता झङ्कनाथ ढकालले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

बाढीपहिरोको कारण गुल्मीमा तीन, काठमाडौँमा दुई, बाग्लुङमा दुई र प्यूठान, दोलखा र अर्घाखाँचीमा एक÷एकजना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।

विपद्का कारण ७५ घर पूर्ण रुपमा र दुई घर आंशिकरुपमा क्षति पुगेको, तिनाउ नदीमा आएको बाढीले ठूलो झुलुङ्गे पुल बगाएको, मोरङमा रङ्गेलीबाट उर्लाबारी जाने पक्की पुल बगाएको विज्ञप्तिमा उल्लेख छ ।

नारायणी नदीमा पानीको सतह खतराको तहसम्म पुगेको हुँदा चितवन र नवलपरासी जिल्लाका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन गृहले अनुरोध गरेको छ ।

घटनाको जानकारी हुनासाथ सुरक्षा निकायका नजिकका इकाई र जिल्ला सदरमुकामबाट समेत उद्धार टोली तत्कालै ती स्थानमा परिचालित भई खोज तथा उद्धार कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मनसुन पूर्वतयारी कार्ययोजनाअनुरुप तत्काल खोज, उद्धार र राहत वितरण गर्न सक्नेगरी तयारी अवस्थामा रहन स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter