• Thursday, June 12, 2025

प्रधानमन्त्रीका लागि प्रचण्डको मात्र उम्मेदवारी

Prachanda at Parliamentकाठमाडौं, १८ साउन । प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मात्र उम्मेदवारी परेको छ ।

प्रधानमन्त्रीको उम्मेदवार दर्ताका लागि सोमबार विहान ११ बजेदेखि ४ बजेसम्मको समय तोकिएको थियो । तर, प्रचण्डको मात्र उम्मेद्वारी परेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।

प्रचण्डले विहान ११ बजेर २५ मिनेटमा समर्थक दलका नेताहरुसहित उम्मेद्वारी दर्ता गरेका थिए । उनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् भने समर्थकमा कृष्णबहादुर महरासहितका नेताहरु छन् ।

मधेसी मोर्चाका नेताहरू उपेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ला र लक्षमणलाल कर्ण पनि समर्थक छन् । यद्यपि कांग्रेस, माओवादी र मधेसी मोर्चासहितको संघीय गठवन्धनबीच भने लिखित सहमति हुन सकेको छैन ।

दिनभर छलफल भएपनि सहमति जुटेन । भोलि विहानसम्म सहमति नभए प्रचण्डलार्इ मत नदिने मोर्चाका नेताहरूले बताएका छन् ।

एमालेले प्रधानमन्त्री पदका लागि उम्मेद्वारी नदिने

नेकपा एमालेले प्रधानमन्त्री पदका लागि उम्मेद्वारी नदिने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको स्थायी समितिको बैठकले सो निर्णय गरेको हो ।

एमाले सचिव गोकर्ण विस्टले बैठकको निर्णय बारे जानकारी दिँदै पार्टीले प्रधानमन्त्रीका लागि उम्मेद्वारी नदिने तर विपक्षमा मतदान गर्ने बताए । उनले एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरेको बताए ।

एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी प्रतिपक्षमा बस्ने भएको र संविधान कार्यान्वयनका लागि भविष्यमा सहकार्य आवश्यक भएकाले पार्टीले प्रधानमन्त्रीको उम्मेद्वार खडा नगर्ने निर्णय गरेको जानकारी दिए । एमालेले आफ्नो सहमतिविना ल्याइने संविधान संशोधनको प्रस्तावलाई फेल गराउने निर्णय पनि गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter