• Sunday, June 15, 2025

एमाले जिम्मेवार रुपमा प्रस्तुत हुन्छ– ओली; ओली सरकार सफल –थापा

PM Oli Resignationकाठमाडौँ, १९ साउन । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षमा रहेर जिम्मेवार रुपमा प्रस्तुत हुने बताएका छन् ।

व्यवस्थापिका–संसद्को बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री पदमा निर्वाचित भएपछि बाहिरिने क्रममा पत्रकारद्वारा ‘अब एमाले कुन रुपमा प्रस्तुत हुन्छ’ भनी सोधिएको प्रश्नमा उनको सङ्क्षिप्त जवाफ थियो, “जिम्मेवार रुपमा प्रस्तुत हुन्छ ।”

ओली सरकार सफल –थापा

यसैगरी पत्रकारसँग कुरा गर्दै निवर्तमान उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ओली नेतृत्वको सरकार सफल रहेको दावी गर्नुभयो र कठिन र चुनौतीपूर्ण घडीमा निर्वाचित भएकामा उनलाई बधाई दिए ।

संयुक्त मधेसी मोर्चासँग संविधान संशोधनका विषयमा सहमति भएको प्रसङ्गमाथि टिप्पणी गर्दै उनले आफ्नो दलको पनि संविधानमा असहमति रहे पनि बहुमतले पारित गरेपछि मानेर अघि बढेको स्पष्ट गरे । मधेस आन्दोलनका क्रममा मृतकलाई सहिद घोषणालगायतका विषय यसअघिको सरकारले पनि टुङ्गो लगाउन खोजेको पनि उनले उल्लेख गरे ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter