• Sunday, June 15, 2025

प्रधानमन्त्रीसहित ६ जनाद्वारा सपथ ग्रहण, बाढी पहिरोबाट ज्यान गुमाएकाहरुका परिवारलाई एक लाख दिने मन्त्रिपरिषदको निर्णय

Prime Minister Pushpa Kamal Dahal assumes officeकाठमाडौं, २० साउन – राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ६ मन्त्रीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ लिनुभयो । बिहिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट उहाँहरुले जनताको नाममा पद तथा गोपनियताको सपथ लिनुभएको हो ।

राष्ट्रपति भण्डारीले सर्वप्रथम प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनियताको सपथ गराउनुभयो । त्यसपछि दुई उपप्रधानमन्त्री बिमलेन्द्र निधि र कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ लिनुभएको थियो । तेस्रो चरणमा रमेश लेखक, गौरी शंकर थारु र दलजीत श्रीपाइलीले पद तथा गोपनियताको सफथग्रहण गर्नुभयो ।

सरकारले बाढी पहिरोका कारण ज्यान गुमाएकाहरुका परिवारलाई सहयोगस्वरुप प्रतिपरिवार एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

मन्त्रिरिषद्को विहिवार साँझ बसेको पहिलो बैठकले देशका विभिन्न भागमा बाढी पहिरोका कारण ज्यान गुमाएकाहरुका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँसम्म राहत दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका अनुसार साउन महिना लागेयता मात्र बाढी पहिरोमा परी १ सय भन्दा बढीको मृत्यु भएको छ ।

मन्त्रीपरिषद् बैठकले बाढी पहिरोका घटनामा परी घाइते भएकाहरुको स्वास्थ्य लाभको कामना गर्नुका साथै सरकार गठनमा सहयोग गर्ने सबै राजनीतिक दल र तिनका सांसद्लाई धन्यवाद दिएको छ ।

बैठकले सहिद् तथा बेपत्ता परिवारलाई राहतस्वरुप दिन यसअघिका सरकारले गरेका निर्णय कार्यान्वयन गर्ने निर्णय पनि गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री महरालाई प्रवक्ताको जिम्मेवारी तोकेको छ भने विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद्हरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter