• Saturday, May 24, 2025

सर्वोच्चद्वारा कलङ्की–नागढुङ्गा सडक विस्तार रोक्न अन्तरिम आदेश

Supreme Courtकाठमाडौँ, २३ साउन । सर्वोच्च अदालतले कलङ्की–नागढुङ्गा सडक विस्तार गर्दा स्थानीयलाई अपूरणीय क्षति हुने भएको भन्दै अर्को आदेश नभएसम्मका लागि नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश केदारप्रसाद चालिसे र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आज सडक विस्तार गर्दा सडक आसपासका स्थानीयलाई अपूरणीय क्षति हुनेहुँदा तत्काल सडक विस्तार रोक्न अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

आदेशमा भनिएको छ, “सो क्षेत्रको सडक विस्तारले त्यहाँका व्यक्तिको स्थायी संरचना पनि भएको देखिएकाले सडक विस्तार हुँदा अपूरणीय क्षति हुनेहँदादा अर्को आदेश नहुँदासम्म नगर्नु नगराउनु ।”

सडक विस्तार हुँदा प्रभावित हुने सानु श्रेष्ठसहित ४७ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई २०७२ फागुन ११ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

सडक विस्तार विस्तार हुँदा प्रत्यक्ष रुपमा ४७ जनाको घर पूर्णरुपमा नष्ट हुने र उक्त गम्भीर क्षति रोक्न निवेदनमा उल्लेख थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter