• Saturday, June 14, 2025

अस्ट्रेलियाको एनएडिएफ अध्यक्षमा थापा ; देवकोटा अस्ट्रेलियाका लागि पर्यटनदूत

nrnकाठमाडौँ, २९ साउन । नेप्लिज अस्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिफ)ले नवौँ अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा विवेक थापालाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

अस्ट्रेलियाको नेपाली समुदायमा करिब दुई दशकदेखि रहँदै आएको यस संस्थाले ओबनको साइनो नेपाली रेस्टुरेन्टमा सर्वसम्मत नयाँ कार्यसमितिसमेत चयन गरेको हो ।

संस्थाको उपाध्यक्षद्वयमा पूर्णनाथ घिमिरे र सुरेन्द्र सापकोटा, महासचिवमा माधव गैरे, सचिवमा थानु शाक्य, कोषाध्यक्षमा सत्यप्रकाश कँडेल, पब्लिक अफिसरमा अर्जुन केसी, युवा संयोजकमा रामजी बस्नेत सर्वसम्मत चयन गरेको छ ।

नयाँ समितिलाई बधाई दिँदै गैरआवासीय नेपाली सङ्घ (एनआरएन) अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले दुई वर्षको कार्यकाल सफल भएकामा निवर्तमान हुँदै गरेको समितिलाई धन्यवाद दिँदै नवनिर्वाचित समितिलाई बधाई दिनुभयो ।

प्रजातान्त्रिक विचार राख्नेहरु सम्मिलित वैद्धिक समुदायको सहभागिता रहेको यस संस्थाले वैचारिक मन्थन गर्दै नेपाल र नेपालीका लागि परोपकारी कार्य गर्दै आएको छ ।

हाल अस्ट्रेलियाको भिक्टोरियामा बसोबास गरिरहनुभएका नेपाली पत्रकार चिरञ्जीवीराज देवकोटालाई नेपाल पर्यटन बोर्डले मानार्थ पर्यटनदूत नियुक्त गरेको छ ।

उहाँलाई अस्ट्रेलियाको भिक्टोरिया राज्यका लागि दुई वर्षका लागि अवैतनिक पर्यटनदूत नियुक्त गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपालको पर्यटन विकासको कार्यलाई अस्ट्रेलियामा तीव्रता दिने उद्देश्यका साथ बोर्डले उहाँलाई पनि भिक्टोरिया राज्यका लागि दूतका रुपमा नियुक्त गरेको हो ।

उहाँलाई नेपाल पर्यटन बोर्डको प्रतिनिधिका रुपमा अस्ट्रेलियामा विभिन्न कार्यक्रममा सहभागी हुनाका साथै त्यहाँका पर्यटनसम्बन्धी निकायसँग समन्वय गरी नेपालमा अस्ट्रेलियाली पर्यटकको सङ्ख्या वृद्धि गर्नुपर्ने कार्यादेश तोकिएको छ ।

आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर देवकोटा हाल अस्ट्रेलियाबाट प्रसारण भइरहेको नेपाली भाषाको टेलिभिजन ‘एमएनटिभी’ प्रधानसम्पादक हुनुुहुन्छ । उहाँ केही समयअघिसम्म नेपालको ‘न्युज २४’ टेलिभिजनको समाचार प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter