• Sunday, June 15, 2025

शरणार्थी समस्या समाधानमा सहजीकरण गरिदिन आग्रह

U N Logoकाठमाडौँ, २९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले भुटानी शरणार्थी समस्या समाधानमा संयुक्त राष्ट्र सङ्घले देखाएको चासोप्रति धन्यवाद दिँदै बाँकी शरणार्थीको समस्या समाधानमा सहजीकरण गरिदिन आग्रह गर्नुभएको छ ।

शरणार्थीका लागि राष्ट्रसङ्घीय उच्चायुक्त फिलिप्पो ग्रान्डीसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्रीले मानवीय सेवाका रुपमा शरणार्थी समस्या समाधानमा राष्ट्र सङ्घको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उहाँले नेपाल संविधानको कार्यान्वयन गर्दै शान्ति, स्थिरता र समृद्धिको दिशामा अगाडि बढ्ने विश्वास दिलाउनुभयो ।

उच्चायुक्त ग्रान्डीले भुटानी शरणार्थीका थप समस्या समाधानबारे पनि पहल भइरहेको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ । उच्चायुक्तले बाँकी भुटानी शरणार्थीको समस्या पनि छिट्टै समाधान हुने प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter