• Saturday, June 14, 2025

सहिद दिग्दर्शन (व्यङ्ग्य)

तस्विर सौजन्य : रिपव्लिका

तस्विर सौजन्य : रिपव्लिका

योगीशकृष्ण / जाँचमा पास गराउने खालका कुनै किताब लेख्ने काम थिएन । फुर्सदमा थिएँ । अचानक म सहिद संसारमा पुगेँ । त्यस्तो संसार जहाँ सहिदहरू बस्ने गर्छन् । ढोकाबाट छिर्नासाथ एक हुल सहिद मलाई घेर्न आइपुगे । मसँग हात मिलाउन तँछाड मछाड गरे । बल्ल बल्ल सबैसँग हात मिलाएँ । सहिद संसारमा केही समय बस्दा एउटा नयाँ गाइड लेख्ने विषय प्राप्त भयो । नयाँ अनुहार देखेर मेरो सोधपुछ शुरु भयो ।

“तपाइँ सहिद हो ?”

“कहाँको सहिद ?”

“कस्तो सहिद ?”

“कुन पार्टीको सहिद ?”

“कुन पार्टीको सिफारिशमा भएको सहिद ? ”

“कतिबुँदे समझौतावाला सहिद हो ?”

“कुन सरकारको सिफारिसमा भएको सहिद?”

“कति लाख रुपियाँवाला सहिद ?”

म चुपचाप बसेँ । केही नेता टाइपका सहिदहरू आइपुगे । उनीहरूले पनि सोधपुछ गरे ।

“तपाई राजमार्ग सहिद हो ?”

“तपाइँ राष्ट्रसेवक सहिद हो ?”

“तपाइँ दुर्घटना सहिद हो ?”

“तपाइँ ह्रदयघात सहिद हो ?”

“तपाइँ डाँका नकबजनी सहिद हो ?”

“तपाइँ ज्यानमारा सहिद हो ?”

भावी सहिदहरू, सहिद भएर सहिद संसारमा जानुअघि ती प्रश्नहरूको उत्तर तयार गरेर जानु होला । सतप्रतिशत त्यहाँ जम्नका लागि उपयोगी नया सहिद दिग्दर्शन बजारमा चाँडै आउँदैछ ।

(प्रतिक्रियाका लागि yogishkrishna81@gmail.com वा editor@nepalekhabar.com)

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter