• Tuesday, June 10, 2025

सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा व्यवसायी जुट्दै

suklapant-deers-300x230काठमाडौँ, ५ भदौँ । पर्यटनको प्रचुर सम्भावना भए पनि भौगोलिक कठिनाइ तथा पूर्वाधार अभावले ओझेलमा परेको सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन गर्न व्यवसायी जुटेका छन् ।

पृथ्वीको स्वर्ग मानिने रारा, प्राकृतिक सुन्दरता तथा जैविक विविधताले भरिपूर्ण खप्तड क्षेत्र, रामारोशन, ब्याँश आदि पवित्र धार्मिक तीर्थस्थलको पर्यटन प्रवद्र्धन अभियान सुरु गरिएको छ ।

व्यावसायिक संस्थाले त्यस्ता सम्भावना बोकेका नयाँ गन्तव्यको प्रवद्र्धनका लागि पर्यटकीय प्याकेज बनाएर प्रचारप्रसार गरिरहेका छन् । नेपाल पर्यटन बोर्डले ययस वर्ष सुुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि योजनावद्ध कार्यक्रम अघि बढाएको छ ।

बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले सुदूरपश्चिमको समग्र पर्यटन विकास गर्न बोर्डले विशेष प्राथमिकता दिएको बताउनुभयो । खप्तड क्षेत्रमा पर्यटकको सुविधा (बास बस्ने पाल) को व्यवस्थाका लागि तत्काल रु ३५ लाख बजेट विनियोजन गरिएको छ ।

सरकारले घोषणा गरेको आन्तरिक पर्यटन ‘घुमफिर वर्ष’ लाई लक्षित गरेर सुदूरका सम्भाव्य पर्यटकीय गन्तव्यको प्रवद्र्धन विकासमा बोर्ड लागिपरेको छ । सुदूरपश्चिमको समग्र पर्यटन विकासको गुरुयोजना बनाउन लागिएको बोर्ड सदस्य सापकोटाको भनाइ छ । यसै सन्दर्भमा नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धनमा लागिपरेको सोसाइटी अफ् ‘ट्राभल एण्ड टूर अपरेटर्स’ (सोट्टो–नेपाल)ले रारा क्षेत्रको प्रवद्र्धन गर्ने भएको छ ।

रारा क्षेत्रको प्रवद्र्धन गरी आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले टुर कार्यक्रमको आयोजना गर्न लागिएको सोट्टो नेपालका अध्यक्ष यामबहादुर खड्काले बताउनुभयो । यसअघि ‘लुम्बीनी–स्वर्गद्वारी’ र आसपासका नयाँ गन्तव्यको प्रवद्र्धन गरेको र सुदूरका थप नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने र वर्षभरी यस्ता कार्यक्रम चलाइने सो संस्थाले जनाएको छ ।

यही भदौ २४ गतेदेखि बर्दियाबाट सुरु हुने यात्रा सुर्खेत, कालिकोट, जुम्लाहुँदै ३१ गते रारा पुग्नेछ । यात्राका क्रममा हरेक जिल्लाका पर्यटन व्यवसायी, स्थानीय बासिन्दा र सरकारी प्रतिनिधिसँग छुट्टाछुट्टै छलफल गरी पर्यटकीय प्याकेज निर्माणमा सहकार्य गरिने संस्थाले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter