• Saturday, June 14, 2025

चोरी भएका पुराना बुद्धमूर्ति भेटिए

Buddhaललितपुर, ५ भदौ । गत साउन १० गते ललितपुर उपमहानगरपालिका–१२ नौदोबहालस्थित बुद्ध मन्दिरबाट चोरी भएका पुराना मूर्ति आज भेटिएको प्रहरी परिसरका प्रमुख पीताम्बर अधिकारीले बताउनुभएको छ ।

उहाँले चोरी भएका सामान उक्त मन्दिर नजिकै सडकमा कालो झोलामा छाडिएको अवस्थामा भेटिएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो । चोरीमा संलग्नमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

चोरी भएका मूर्ति सुनको जलप लगाइएका एवम् ४०० वर्ष पुरानो रहेका बताइएको छ । मूर्तिसँगै मन्दिरभित्र रहेका गरगहना चोरी भएको थियो । चोरीमा संलग्नमध्ये रामेछाप गाउँसरा–४ का मानबहादुर मगर, काभ्रेपलाञ्चोक भीमपोखरी–३ का गणेशबहादुर श्रेष्ठ र दोलखा लाकुरीडाँडा–४ घर भएका मीनबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भइरहेको जनाइएको छ । चोरीमा संलग्न अन्यलाई खोजी जारी रहेको बताइएको छ ।

भेटिएका सामानमा १६ इन्च उचाइ भएका ४०० वर्ष पुराना बुद्धका बहुमूल्य मूर्ति दुई थान, चाँदीका विभिन्न प्रकारका गरगहना एवम् सुनको जलप लगाइएका विभिन्न अन्य गहना रहेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter