• Wednesday, June 11, 2025

भरतपुर अस्पतालमा एकैपटक छ स्थानबाट शल्यक्रिया सेवा

Operation Theatreचितवन, ८ भदौ । चितवनको सरकारी भरतपुर अस्पतालमा अलग–अलग छ शल्यक्रिया कक्षबाट सेवा सुरु गरिएको छ ।

यसअघि अस्पतालमा एकैकोठाबाट चारवटा अपरेशन टेबल राखेर शल्यक्रिया हुँदै आएकामा आजदेखि छुट्टाछुट्टै कोठाबाट अत्याधुनिक सेवासहित शल्यक्रिया सुरू गरिएको अस्पतालले जनाएको छ ।

हालै निर्माण सम्पन्न भएको ‘ए’ ब्लक भवनको दोस्रो तल्लामा अत्याधुनिक शल्यक्रिया सेवा थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रूद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

शल्यक्रिया कक्षमा दुईवटा आकस्मिक शल्यक्रिया कक्ष छुट्टाइएको छ । “प्रसूति सेवालाई एक अलग्गै जतिबेला पनि शल्यक्रिया गर्न मिल्ने गरी आकस्मिक कक्षको व्यवस्था गरिएको छ” अप्रेशन इन्र्चाज मीरा अधिकारीले भन्नुभयो – “अन्य आकस्मिक बिरामीका लागि अर्को एक आकस्मिक कक्ष छुट्टाइएको छ ।” त्यसबाहेक चारवटा शल्यक्रिया कक्षमा हप्ताको तीन दिन सबै विभागका लागि शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको छ ।

यसअघि हप्तामा दुई दिनमात्रै विभागलाई शल्यक्रियाको पालो दिइएको थियो । “अलग अलग शल्यक्रिया कक्ष भएपछि बिरामीमा सङ्क्रमणको खतरा पनि हुँदैन,” अस्पतालका मेसु डा मरासिनीले भन्नुभयो – “हरेक शल्यक्रिया कक्षमा अलग्गै टोली हुन्छ, यसले सेवाको गुणस्तरमा वृद्धि गराउँछ ।”

“भरतपुर अस्पतालमा सबैभन्दा ठूलो चाप प्रसूति विभागमा छ,” उहाँले भन्नुभयो – “अलग्गै शल्यक्रिया कक्षको व्यवस्था भएपछि चाप घटाउन सहयोग हुनेछ ।”

भरतपुर अस्पतालमा यसअघि दैनिक २० देखि २५ जनासम्मको शल्यक्रिया हुने गरेकामा अबदेखि भने दैनिक ३५ जनासम्मको शल्यक्रिया गर्न सकिने भएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter