• Sunday, May 25, 2025

चिकित्सा उपकरण नियमन गर्न निर्देशिका ल्याइँदै; स्वास्थ्य बिमा अनिवार्य : स्वास्थ्यमन्त्री थापा

Gagan Thapaकाठमाडौँ, ९ कात्तिक । स्वास्थ्य मन्त्रालयले चिकित्सा उपकरणको गुणस्तरीयता नियमन गर्न निर्देशिका ल्याउने भएको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले निर्देशिकाको मस्यौदा तयार भइसकेकाले केहीदिनमै मन्त्रालयमा छलफलका लागि पठाउन लागिएको जानकारी दिनुभयो ।

उहाँले उपचारमा प्रयोग भइरहेका उपकरणको गुण्स्तरको नियमन नहुँदा गुणस्तरीय उपचार हुन नसकिरहेको भन्ने गुनासा आउन थालेपछि यससम्बन्धी निर्देशिका बनाइ अगाडि बढाउन लागिएको बताउनुभयो ।

‘‘औषधि बाहेकका अन्य चिकित्सा उपकरण जस्तै सिरिन्ज, किटहरु, एक्स रे मेसिन, सि टि स्क्यान मेसिन, एमआरआई मेसिनलगायतका उपकरणको गुणस्तरीता नियमन गरी उपचारमा थप उत्कृष्ठता ल्याउन निर्देशिकाले सहयोग पुग्नेछ’’ महानिर्देशक ढकालले भन्नुभयो ।

यसअघि पनि २०७१ सालमा विभागले महानिर्देशक ढकालकै नेतृत्वमा निर्देशिका बनाएको थियो । तर त्यसमा विभिन्न कुराहरु नसमेटिएका कारण जारी हुन सकेका थिएन ।

स्वास्थ्य मन्त्री गगनकुमार थापाले पहिलेको मस्यौदालाई नै सशोधन गरी ल्याउन निर्देशन दिएपछि सुशासन ऐनमार्फत जारी गर्न लागिएको हो ।

नियमनका लागि आवश्यक जनशक्ति विभागसँग नभएकोले त्यसका लागि थप जनशक्ति, बजेटलगायतको व्यवस्था गर्न पनि मस्यौदामा उल्लेख गरिएको महानिर्देशक ढकालले बताउनुभयो ।

स्वास्थ्य बिमा अनिवार्य : स्वास्थ्यमन्त्री थापा

स्वास्थ्यमन्त्री गगनकुमार थापाले सबै नागरिकले अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने नियम ल्याउन लागिएको बताउनुभएको छ ।

मानवअधिकार तथा शान्ति समाजका प्रतिनिधिसँग आज यहाँ भएको छलफलमा उहाँले आधारभूत स्वास्थ्य सेवाका लागि ऐन बन्ने प्रक्रियामा रहेको र त्यसमा बिमा रकम भुक्तानी गर्न नसक्ने नागरिकको हकमा राज्यले नै भुक्तानी गर्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।

मन्त्री थापाले मुलुकमा लागुऔषध र लागुपदार्थ दुव्र्यसनी बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसको न्यूनीकरणका लागि सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समाजका सभापति गङ्गाधर अधिकारी नेतृत्वको प्रतिनिधिमण्डलले स्वास्थ्य सेवामा आमनागरिकको पहुँच कायम गर्नुपर्ने, स्वास्थ्य बिमा अनिवार्य हुनुपर्ने र प्रत्येक बालिग महिलालाई मासिक स्वास्थ्य भत्ताको व्यवस्था गर्नुपर्नेलगायतका बिषयमा मन्त्री थापालाई जानकारी गराउनुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter