• Saturday, June 14, 2025

पुरातात्विक सम्पदाको महत्वलाई विशेष ध्यान दिनुपर्छ : राष्ट्रपति भण्डारी

bidya bhandariकाठमाडौँ, ९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पबाट क्षति पुगेका संरचनाहरुको पुनर्निर्माणका क्रममा ऐतिहासिक र पुरातात्विक सम्पदाहरुको महत्वलाई विशेष ध्यान दिन सुझाव दिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा पुनःनिर्माणसम्बन्धी आज भएको छलफलमा राष्ट्रपति भण्डारीले पुनःनिर्माण गर्दा स्थानीय जनताको चाहना र भावनालाई सम्बोधन गरेर अघि बढ्न समेत सुझाव दिनुभयो ।

उहाँले स्थानीय सामग्रीलाई प्राथमिकता दिँदै परम्पारगत शैलीमा पुनर्निर्माणका कामहरुलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा अहिलेसम्म भएका प्रगति, देखा परेका समस्या तथा चुनौती र भावी योजनाबारे जानकारी गराउनुभयो ।

यसैगरी सहरी विकास मन्त्रालयअन्तर्गतका केन्द्रीय आयोजना कार्यान्वयन इकाइ प्रमुख शिवहरि शर्मा, पयर्टन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डण्डुराज घिमिरे र काठमाडौँ महानगरपालिका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले आ–आफ्नो क्षेत्रमा भएका पुनर्निर्माणका काम र आगामी योजनाबारे जानकारी गराउनुभएको प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter