• Friday, June 13, 2025

सङ्क्रमित आमा स्वस्थ शिशु जन्माउँदै

HIVचितवन, २० मङ्सिर । उच्च सतर्कता अपनाई नियमित औषधि सेवनसँगै एचआइभी सङ्क्रमित आमाबाट जन्मिएका अधिकांश बच्चा स्वस्थ छन् । एन्टी रेक्टोभाइरल थेरापी (एआरटी) प्रयोग गरी सतर्कता अपनाउन सकेमा स्वस्थ बच्चा जन्माउन सकिने देखिएको छ ।

एएचएफ नेपालको सहयोगमा भरतपुर अस्पतालद्वारा सञ्चालित एआरटी सेन्टरमा सन् २०१० यता एचआइभी सङ्क्रमित आमाबाट जन्मिएका सबै बच्चा स्वस्थ देखिएका हुन्

सेन्टरबाट सेवा लिइरहेका ७२ सङ्क्रमित आमाले बच्चा जन्माइसकेका छन् । सन् २००७ यता जन्मिएका ७२ बालबालिकामध्ये तीन जनामा मात्र सङ्क्रमण भेटिएको छ ।

सङ्क्रमित भएकाहरु पनि सन् २०१० अघिका मात्रै हुन् । सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् २०१० यता सङ्क्रमित आमाबाट जन्मिएका कुनै पनि बच्चामा एचआइभी सङ्क्रमण भेटिएको छैन । सन् २०१६ मा पाँच सङ्क्रमित आमाले बच्चा जन्माएका छन् । तीमध्ये सबै निःसङ्क्रमित छन् । सरकारी स्वास्थ्य संस्थामा गर्भवती र प्रसूति सेवा लिन आउने सबैको एचआइभी परीक्षण हुँदै आएको छ ।

जिल्लामा एचआइभी सङ्क्रमण दर घट्दै गएको छ । विगत छ वर्षको तथ्याङ्कअनुसार विगतका वर्षमा क्रमशः सङ्क्रमितको पहिचान दर घट्दो छ ।

तथ्याङ्कअनुसार जिल्लामा हालसम्म एक हजार ३४९ सङ्क्रमित दर्ता भएका छन् । तीमध्ये ७०९ पुरुष, ५२५ महिला र ११३ बालबालिका छन् । सेन्टरको तथ्याङ्कअनुसार सन् २०१० सम्म जिल्लामा ९०४ सङ्क्रमित दर्ता भएका थिए । सन् २०११ मा ८० , २०१२ मा ९२, २०१३ मा ९२, २०१४ मा ८३, २०१५ मा ५७ र सन् २०१६ को नोभेम्बर २० सम्म ६१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

सेन्टरमा हाल ६७२ जनाले एआरटी सेवा लिइरहेको सेन्टरका कार्यक्रम संयोजक सापकोटाले बताउनुभयो । उहाँका अनुसार ३१७ महिला ३२ पुरुष र ६०बालबालिका रहेका छन् । केन्द्रमा सम्पर्कमा आएका मध्ये हालसम्म ११९ जनाको मृत्यु भएको सापकोटाले बताउनुभयो । जस्मा पुरुष ८३, महिला ३० बालबालिका छ जना थिए ।

एचआइभी पहिचान भएका मध्ये एआरटी प्रयोग गरिरहेका २१९ जना र प्रयोग नगरेका ३०८ जना बाहिरी जिल्ला गएको कार्यक्रम संयोजक सापकोटाको भनाइ छ । उहाँका अनुसार सङ्क्रमण सर्ने दर भने घटेर गएको छ । नयाँ थपिनेहरु पनि अधिकांश पुराना रोगी हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका एचआइभी स्रोतव्यक्ति अनुप अधिकारीका अनुसार पछिल्लो समय ग्रामीण क्षेत्र भन्दा सहरी क्षेत्रका सङ्क्रमित बढी सम्पर्कमा आएका छन् । सहरीकरण, बसाइँ सराइ, असुरक्षित यौन सम्पर्क, लागुऔषध, स्वास्थ्यप्रतिको बेवास्ताका कारण सहरमा यस्ता रोगी बढेको उहाँले बताउनुभयो । प्रचारप्रसारका कारण लुकेर रहेका सङ्क्रमित खुलेर उपचारका लागि आउने क्रम भने बढेर गएको छ ।

जिल्लामा १८ देखि ७२ वर्षसम्मका सङ्क्रमित भेटिएका छन् । तिनीहरुमध्ये अधिकांश २५ देखि ४९ वर्षसम्मका रहेको भरतपुर अस्पतालका ल्याब इन्चार्ज हरिबहादुर थापाले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter