• Friday, June 13, 2025

दाङमा मह उत्पादन घट्न थाल्यो

honeybee-honeycomb-macro_26201_990x742दाङ, २० मङ्सिर । महका लागि प्रख्यात दाङ जिल्लामा पछिल्लो समयमा मह उत्पादन घट्दै गएको छ ।

जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतका अनुसार जिल्लामा आव २०७१÷७२ मा सात हजार ६५२ माहुरीको गोलाबाट २३४ मेट्रिक टन मह उत्पादन भएको थियो ।

त्यसैगरी गत आव २०७२÷७३ मा ११ हजार १५२ गोलाबाट ८९ दशमलब २१ मेट्रिक टन मह उत्पादन भएको थियो । चालु आव २०७३÷७४ को कात्तिक मसान्तसम्ममा १२ हजार ७१० गोलाबाट ६६ दशमलब ४६ मेट्रिक टन मह मात्र उत्पादन भएको बस्नेतले बताउनुभयो ।

जिल्लामा उन्नत जातका माहुरीका १० हजार ५३२ वटा आधुनिक घार र दुई हजार १७८ स्थानीय जातका माहुरीका घार रहेका छन् । कृषि विकास कार्यालयका अनुसार यस वर्ष उन्नत जातको माहुरी प्रतिगोलाबाट छ किलो मह उत्पादन भएको छ भने स्थानीय माहुरीको प्रतिघारबाट १.५ किलो मह उत्पादन भएको छ ।

जिल्लामा चरन क्षेत्रको अभाव र आधुनिक औजारहरु उपलब्ध नहुँदा मह उत्पादनमा कमी आएको कृषि विकास कार्यालयले जनाएको छ ।

पछिल्लो समयमा तोरी खेती हुने क्षेत्र घट्दै जानु, तोरी ढिलो फूल्नु र चिउरीको फूलमा पुष्प कम भएका कारण मह उत्पादनमा कमी आएको बाली संरक्षण अधिकृत बस्नेतले बताउनुभयो । जिल्लामा १८ हजार हेक्टरमा तोरी खेती हुने गरेको कार्यालयको तथ्याङ्क छ ।

माहुरीको वंश पुरानो हुँदै गएकोले पनि मह उत्पादन घटेको हुन सक्ने बस्नेतको भनाइ छ ।

माहुरी चराउनका लागि बाहिरी जिल्लाबाट समेत बर्सेनि दाङमा माहुरी ल्याउने गरिएको छ । जिल्लाका रामपुर, लक्ष्मीपुर, घोराही नगरपालिकाको माथिल्लो भाग, हापुर, धर्ना गाविस चरनका लागि उपयुक्त क्षेत्र मानिन्छन् ।

जिल्लामा उत्पादन भएको महमध्ये ८० प्रतिशत बाहिर जाने गरेको छ । हाल यहाँ उन्नत जातको मह प्रतिकिलो रु ३०० र स्थानीय माहुरीको मह प्रतिकिलो रु एक हजारमा बिक्री हुने गरेको छ । यहाँको मह नेपालगन्ज, बुटवल, पोखरा, काठमाडौँलगायत सहरमा बिक्री हुने गर्दछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter