• Saturday, June 14, 2025

‘महिला स्वास्थ्य स्वयम्सेविकाको महत्वपूर्ण योगदान’

fchvकाठमाडौँ, २० मङ्सिर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले महिला स्वास्थ्य स्वयम्सेविका मन्त्रालय र जनसमुदायबीचको पुल भएको बताउनुभएको छ ।

तेह्राँै राष्ट्रिय महिला स्वयम्सेविका दिवस २०७३ को अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य कार्यक्रमलाई सफल बनाउन महिला स्वास्थ्य स्वयम् सेविकाले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।

उहाँले पहिले जे उद्देश्यले स्वयम्सेविका बनाइएको थियो, आज त्यसको कार्यक्षेत्र बढ्दै गएकाले त्यसैअनुसार थप तालिम र सुविधा बढाउन मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।

सो अवसरमा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले स्वास्थ्य स्वयम्सेविकाले गाउँगाउँमा गई सेवा पु¥याएको हुनाले उनीहरुलाई आधारभूत सेवा उपलब्ध गराउनुपर्ने धारणा राख्नुुभयो ।

स्वास्थ्य सचिव डा सेनेन्द्रराज उपे्रतीले महिला स्वास्थ्य स्वयम्सेविका नभएको भए गाउँगाउँसम्म आधारभूत स्वास्थ्य सेवा पु¥याउन नसकिने बताउनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा पुष्पा चौधरीले नेपालमा सञ्चालन भएको महिला स्वास्थ्य स्वयम्सेविका कार्यक्रमको सफलता अन्य मुलुकका लागि पनि उदाहरणीय भएको बताउनुभयो ।

सुनाकोठी स्वास्थ्य चौकी ललितपुरकी महिला स्वास्थ्य स्वयम्सेविका शशी शाह ठकुरीले आफूहरुले गाउँगाउँमा विभिन्न महामारी, खोप कार्यक्रमलगायत सबै स्वास्थ्य कार्यक्रममा महत्वपूर्ण योगदान गरे पनि सेवा निवृत्तिका बेलामा उचित मूल्याङ्कन नभएको बताउनुभयो ।

अहिले सरकारले साठी वर्ष उमेर पुगेपछि अवकास दिँदा रु १० हजार उपलब्ध गराउँदै आएको छ । सरकारले महिला स्वास्थ्य स्वयम्सेविकालाई आत्मविश्वास बढाउन पोसाक खर्च सात हजार दिने भएको छ भने तालिम तथा समीक्षा बैठकमा भाग लिँदा दिइने खर्च आ व २०७२÷७३ बाट रु चार सय दिँदै आएको छ ।

कार्यक्रममा मातृ स्वास्थ्य, नवशिशु एवम् बाल स्वास्थ्य, परिवार नियोजन, खोप, पोषण, सरुवा रोगको नियन्त्रणमा स्वय्मसेविकाले पु¥याएको योगदानको प्रसंसा गरिएको थियो ।

स्वास्थ्य सेवामा जनसहभागिता परिचालन गर्न विसं २०४५÷४६ देखि नेपाल सरकारले स्वास्थ्य मन्त्रालयअन्र्तगत महिला स्वास्थ्य स्वयम्सेवक कार्यक्रम सुरु गरेको थियो । ७५ जिल्लामा विस्तारित यो कार्यक्रमअन्र्तगत हाल नेपालमा ५१ हजार ४७० महिला स्वास्थ्यसेविका कार्यरत छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter