• Monday, June 16, 2025

प्राधिकरणलाई रु ३३ अर्बको निकासा

Nepal Reconstruction Authorityकाठमाडौँ, २१ मङ्सिर । भूकम्पबाट क्षतिग्रस्त संरचना पुनः निर्माणका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई रु ३३ अर्ब निकासा दिएको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पुनःनिर्माण कोषको रकम परिचालन गर्ने गरी निजी आवास अनुदान वितरण गर्न थप रु २८ अर्ब र विद्यालय भवन पुनःनिर्माणका लागि रु चार अर्ब निकासा दिएको हो ।

त्यस्तै भूकम्प प्रभावित जिल्लाका सरकारी भवन पुनःनिर्माणका लागि रु ७५ करोड र जग्गा मुआब्जा वितरण गर्नका लागि रु २५ करोड गरी कुल रु ३३ अर्ब निकास दिएको पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

रकम निकासासँगै सरकारी विद्यालय, सरकारी भवन तथा ग्रामीण सडक पुनःनिर्माणका लागि स्रोतसाधन परिचालन गराउन सहज हुने विश्वास अर्थ मन्त्रालयले लिएको छ । पुनःनिर्माणका कार्य अघि बढाउन स्रोतको सुनिश्चितता प्रदान गरिएको र कार्य प्रगतिका आधारमा थप रकम निकासा गर्दै जाने अर्थमन्त्री महराले विश्वास व्यक्त गर्नुभएको पुनःनिर्माण प्राधिकरणले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter