• Monday, June 16, 2025

मानव अधिकारको संरक्षणमा राष्ट्रपतिको जोड

Bidhyaकाठमाडौँ, २५ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै संविधानका मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्वद्र्धनसम्बन्धी नीतिको कार्यान्वयनमा जोड दिनुभएको छ ।

मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले ती व्यवस्था क्रमशः कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने कार्यलाई राज्यको दायित्वका रुपमा स्थापित गरिएको उल्लेख गर्नुभएको हो ।

“संविधानले राष्ट्रिय मानव अधिकार आयोगलगायतका संवैधानिक तथा कानुनी निकायको व्यवस्था गर्नु आफैँमा सन्तोषको विषय हो । यसै परिप्रेक्षमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसमेत गठन भई क्रियाशील रहेका छन्”– शुभकामना सन्देशमा भनिएको छ– “मानव अधिकारको यथोचित सम्मान, संरक्षण र प्रवद्र्धनको प्रक्रियालाई अझ सुदृढ बनाउन मार्ग प्रशस्त गरेको छ । दिवसले सम्पूर्ण मानव जातिका साझा अधिकार सबैलाई सधैँ प्रत्याभूत गर्न विश्वका सबै मुलुकलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter