• Sunday, June 08, 2025

सन्थाल जातिको घर घरमा सोलार

solar.1मोरङ, ३ पुस । मोरङ क्षेत्र नं ५ मा बसोबास गर्दै आएका सन्थाल जातिको घर घरमा सोलार बत्ती जडान हुने भएको छ ।

मोरङको भाथिगछ–९ का सन्थाल टोलका करिब एकसय सन्थालका घरमा सोलार जडान हुने भएको हो । जिविस, मोरङका वैकल्पिक ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहका अनुसार ९० प्रतिशत संसद् विकास कोष र १० प्रतिशत एसियाली विकास बैंकको लगानीमा सो समुदायका सर्वसाधारणका घरमा सोलार जडान गर्न लागिएको हो ।

सोलारको मिनी ग्रिड जडान गरी सोही ग्रिडबाट विद्युत् वितरण गरिने छ । सो ग्रिडले उत्पादन गर्ने २० किलोवाट विद्युत्ले करिब एकसय घर सन्थाल समुदायका मानिसलाई उज्यालो दिन्छ । सो क्षेत्रका सांसद् अमृत अर्यालका अनुसार सोलार जडानको कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।

त्यसैगरी सांसद अर्यालले २४० थान सन्थाल जातिको पोसाक टोलका प्रमुखलाई हस्तान्तरण गर्नुभयो । उहाँले सन्थाल जातिबाट गतवर्ष एसएलसी परीक्षा उत्तीर्ण गर्ने तीनजना छात्रालाई प्रोत्साहनका लागि साइकल प्रदान गर्नुभयो ।

साइकल पाउनेमा भातीगछ–५ निवासी लक्ष्मी मुर्मु, मझारे–७ निवासी रेगिता हेमरम र सिसवनी जहदा–८ निवासी विभूति मुर्मु रहेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter