• Thursday, June 12, 2025

ज्येष्ठ नागरिकको अनुभव र बुद्धि ग्रहण गर्न आग्रह

elderly people Nepalकाठमाडौँ, ३ पुस । ज्येष्ठ नागरिक भनेका समाजका जिउँदा इतिहास अनुभवी नागरिक र घरका अभिभावक भएकाले तिनका समस्यालाई आफ्ना सिर्जना मार्फत उजागर गरिदिनुपर्नेमा जोड दिइएको छ ।

साहित्य सन्ध्याको नियमित मासिक ३६८ औँ शृङ्खला अन्तर्गत शनिबार आयोजित ‘समाज निर्माणमा ज्येष्ठ नागरिकको भूमिका’ विषयको परिचर्चा कार्यक्रममा नेपानका कार्यकारी निर्देशक फटिक थापाले देशको विकासमा ज्येष्ठ नागरिकलाई सहभागी गराइनुपर्ने सुझाव दिनुभयो ।

“उनीहरुलाई रमाइलो गरेर, हाँसेर, गाएर, नाचेर भए पनि व्यायाम गर्ने बानी बसाल्न सुझाव दिँदै थापाले उनीहरूको अनुभव, संस्कार, ज्ञान र बुद्धि ग्रहण गरिएमा घर समाज सुन्दर तथा राष्ट्र समृद्ध हुन्छ हुन्छ”–उहाँले भन्नुभयो ।

नेपानका कार्यकारी निर्देशक फटिक थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रा.केशव सुवेदी, प्राज्ञ नर्मदेश्वरी सत्याल, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, वरिष्ठ कवि रामबहादुर पहाडी, प्रगतिशील लेखक सङ्घका वरिष्ठ सचिव पुण्य गौतम ‘विश्वास’, प्रा.डा.खेमप्रसाद दाहाल, वरिष्ठ कविहरू आनन्दराम पौडेल र पीताम्बर भण्डारी अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।

कार्यक्रममा कवि जान डानको करिब ३८५ वर्ष पुरानो ‘मृत्यु’ शीर्षकको अनुवाद कविता वाचन गरिएको थियो । त्यस्तै बालकवि प्राञ्जलमणि आचार्य तथा साहित्यकार रामबहादुर पहाडी, मुकुन्दप्रसाद न्यौपाने, पूर्ण विराम, गोपालकुमार मैनाली, नर्मदेश्वरी सत्याल, प्रेमराज सिलवाल, पुण्य गौतम ‘विश्वास’, गोविन्द नेपाल, अनिता लामा, उर्मिला पाण्डेय, कुसुम शर्मा, आनन्दराम पौडेल, छविरमण सिलवाल, वैरागी जेठा, ललित बस्नेत ‘भिमाली’, गोपाल नेपाल, रूपक अलङ्कारलगायतले आआफ्ना कविता, गीत, र गजल वाचन गर्नुभयो । जीवनको क्षणिकता, देशभक्तिको भावना र युवामा उत्साहको सञ्चार तथा आजको राजनीति र समाज तथा व्याप्त भ्रष्टताको चर्को विरोधका विषय कवितामा समाविष्ट थिए ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनय र उपाध्यक्ष रमेश पोखरेलले सन्ध्या सिर्जनशीलताको मञ्च भएको बताउँदै अर्काे कार्यक्रममा कुनै एक विषयमाथि छलफल सहित कविता गोष्ठी हुने जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter